१३ भदौ,मकवानपुर । लगतार वर्षाका कारण मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको थिङ्डाँडामा पहिरो जाँदा हेटौडा(काठमाडौं जोड्ने छोटो दूरीको सडक फेरि अवरुद्ध भएको छ।
ईन्द्रसरोवर– ३ थिङ्डाँडामा पहिरो जाँदा अहिले उक्त सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए। अहिले पनि पहिरो हटाउने क्रम जारी छ।
सम्बन्धित समाचार स् सडक नबन्दा काठमाडौंबाट हेटौडा पुगेर प्रदेशसभामा भाग लिन सांसदहरुलाई सकस, यसरी संघीयता चल्छरु
प्रहरीका अनुसार लेदो माटोसहितको ठूलो पहिरो खसेको र वर्षा भइरेहको हुँदा पहिरो पन्छाउन समस्या भएको हो। यसअघि शुक्रबार र शनिबार पनि भीमफेदी गाउापालिका–६ देउराली नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। शनिबार साँझबाट उक्त सडक संचालन भएको थियो। रासस



















