गाउँपालिका अध्यक्ष रामनिवास यादवको निधन


१२ भदौ बाके । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ ।

शुक्रबार राति एक्कासी बिरामी भएका गाउँपालिकाका अध्यक्ष यादवको राति नै नेपालगन्ज नर्सिङहोममा मृत्यु भएको हो ।

ब्लड प्रेसर घटेपछि शुक्रबार साँझ ६ बजे अस्पताल पुर्‍याइएका यादवको राति एक बजे निधन भएको हो ।

अध्यक्ष यादवको शव बिहान घर लगिएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा यादव एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको