महोत्तरी : रातूखोलामा आएको बाढीले तटबन्ध भत्किदा जिल्लाका सयौ घरहरु डुवानमा


१२ भदौ, महोत्तरी । लगतार बर्षका कारण महोत्तरीको रातूखोलामा आएको बाढीले तढबन भत्किदा जिल्लाका सयौ घरहरु डुवानमा परेको छ ।

डुवान परेका क्षेत्र बलवा नगरपालिका रौजाबजार नजिकैको टडबन भत्किदा वडा नंः ४ तिलगड गाउँ डुवानमा परेको छ ।

डुवान क्षेत्रमा मानविए क्षति नभए पनि रौजाबजार क्षेत्र मात्र सय घर धुरी घरबार विहिन बनेको जिल्ला प्रशासन कार्यलय महोत्तरीका सूचना अधिकारी उपेन्द्र न्यौपानेले बताए । जोखिममा परेकाहरुलाई उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । तर पानीको बहाव नघटे सम्म समस्या समाधान गर्न नसकिने न्यौपानेले बताए ।

तत्काल उद्धार कार्यको निम्ति सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत सुरक्षा संयन्त्रको परिचालन गरिएपनि तटबन्ध मरम्मत गर्ने प्रयास भइरहेको न्यौपानेले प्रष्टाए । केही दिनदेखिको निरन्तर वर्षाले शुक्रबार अचानक रातो खोलामा बाढि आउँदा तटबन्ध भत्किएको हो । निरनतरको वर्षाले गाउँ गाउँ डुबानमा परेको सामुदायिक पैरवी मञ्चका प्रमुख नागदेव यादवले बताए ।

बिहान ६ बजे प्रमुख जिल्ला अधिकारी , जनताको तटबन्ध फिल्ड कार्यालय महोत्तरीका प्रमुख शुशिल चौधरी लगायतका सरोकारवालाहरुलाई पानीको बहाव बारे जानकारी गराएको यादवले जानकारी दिए । शुक्रबार बिहान पानीको बहाव बर्दिवास जनकपुरधाम सडकखण्डमा एक फिट माथि सम्म देखिएको थियो ।

भंगहा , भगवतीपुर , धमौरा , हथिसर्वा लगायतको गाउँ समेत रातो खोलाको बाढीले जोखिममा रहेकोले पैरवी मंचको अगुवाईमा भईरहेको चुरे संरक्षण अभियानले अन्य वर्षको तुलनामा यस वर्ष थोरै क्षति गरेको दावी समेत यादवले गरे । उनले भने—‘तीन(चार वर्ष पुर्वको अवस्थालाई अध्ययन गर्ने हो भने प्रत्येक वर्ष बाढीको बेला जनधनको क्षति हुने गरेको छ । तर पछिल्लो चार वर्ष यतादेखि जलेश्वर नगरपालिका लगायतको आसपासको क्षेत्रमा मानवीय क्षति नुहुनुले विस्तारै सुधार आउँदै गएको छ , त्यसैले बाढी आउँदा आत्तिने होईन बरु सुरक्षित स्थानमा सर्नुपर्छ । ’

यता तटबन्ध कार्यालयका प्रमुख चौधरीसंग भेटन जाँदा उनी जनकपुरधाम स्थित आपनै निवासमै बसेर फिल्डको काम गरिरहेको बताए । यता, केही दिनदेखि परिरहेको झरीका कारण सर्लाहीका तरकारी किसान चिन्तित बनेका छन् । केही दिनदेखि परिरहेको निरन्तर झरीका कारण डुबानमा परेर तरकारी कुहिएर तरकारी बालीमा क्षति पुगिरहेको किसानहरुको गुनासो छ । लौका, काक्रो, खुर्सानी, झिङनी लगायतका तरकारी बालीमा झरीले क्षति पु¥याएको हो ।

जिल्लामा पत्थरकोट, हीरापुर, रानिगन्ज, सासापुर, अत्रौली, नवलपुर, चन्द्रनगर, बरहथवा लगायत क्षेत्रका किसानले लगाएको तरकारी बालीमा वर्षाले क्षति गरेको हो । यस वर्ष अत्यधिक झरी परेर तरकारी बालीमा पटक–पटक नोक्सान पु¥याइरहेको किसानहरुले गुनासो गरेका छन् । साथैँ निरन्तर परिरहेको झरीकै कारण सर्लाहीका किसानले गोलभेँडाको बीउ समेत राख्न पाएका छैनन् । निरन्तर पानी परेकाले गोलभेँडाको बीउ राख्न ढिलो भएको हरिवन नगरपालिका–२, अत्रौलीका किसान नानीबाबु राउतले बताए ।

यस्तै, सर्लाहीका बजारमा झरीले गर्दा तरकारीको उत्पादन घटेपछि हरियो तरकारीको मूल्य भने बढेको छ । उत्पादन घटेको समयमा मूल्य बढ्दा किसानलाई केही राहत मिलेपनि उपभोक्ता भने महँगीको मारमा परेका छन् । बजारमा अहिले ताजा हरियो तरकारी कम भित्रिरहेको लालबन्दी थोक तरकारी बजारका व्यापारी निशा लामाले जानकारी दिईन् ।

साथै सिरहामा निरन्तरको वर्षाले ३ घर परिवार विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलले बताएका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको