प्रकाशपुर स्वास्थ्य चौकीलाई अक्सिजन कन्सटेटर प्रदान


११ भदौ, प्रकाशपुर । बराहक्षेत्र–१० प्रकाशपुर स्वास्थ्य चौकी लाई हङकङक नेपाली महासंघको सोअर्स एक्सनको सहकार्यमा एक थान अक्सिजन कन्सटेटर दिएको छ ।

शुक्रवार एक कार्यक्रमका विच प्रकाशपुर स्वास्थ्य चौकीलाई १० लिटर प्रति मिनेट क्षमताको अक्सिजन कन्सटेटर हस्तान्तरण गरिएको हो । नेपाली काङग्रेस महासमिति सदस्य बाबुराम विष्ट र प्रकाशपुर नेपाली काङग्रेस गाँउ एकाइ सभापति नवराज बस्नेतले संयुक्त रुपमा वडाध्याक्ष महेन्द्र बहादुर खत्री मार्फत स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको थियो ।

२ लाख ५० हजार मूल्य बराबरको कन्सटेटर प्रदान गरिएको वार्ड सभापति नवराज बस्नेतले बताए । उनले भने पुर्वाञ्चल ईन्जिनियरिङ्ग क्याम्पस धरानको नेविसंघ पुर्व सभापति असोक बस्नेतको पहलमा सोअर्स एक्सन हङ्कङ्ले दिएको जानकारी गराए ।

कोभिडको तेस्रो लहरको पूर्व तयारीका लागि वार्डमा वडाबासीहरुलाई सहज रुपमा अक्सिजन उपल्ब्ध गराउन र कोभिडबाट हुने मानवीय क्षतिलाई रोकथाम गर्न अक्सिजन कन्सटेटर आवश्यक भएकाले उक्त सामग्री स्वास्थ्य चौकीमा वितरण गरिएको काङ्ग्रेस नेता नवराज बस्नेतले बताए ।

कार्यक्रममा वार्ड नं। १० का वडाध्याक्ष महेन्द्र बहादुर खत्री, काङग्रेस नेत शंखर वस्नेत, कालुराम चौधरी, अनिल राई, कमला कटुवाल, स्याम ढकाल, प्रकाशपुर युवा जमातका दिनेश राई र प्रकाश उच्च माविका प्रधानध्यपक चुडामणि खनाल,स्थानीय पुस्कर पाण्डे मनिदेवि राई लगायत स्वास्थ्यकर्मीहरुकोे उपस्थिति रहेको थियो


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको