उदयपूरमा पहिरोले एक घर पुरीयो


११ भदौ,उदयपुर । लगातार वर्षातका कारण बाढी पहिरोको जोखिम निकै बडदै छ । दुई दिनयता लगातार परेको वर्षापछि उदयपुरको रौतामाईमा एक घर पुरिएको छ । विहीबार राती रौतामाई गाउँपालिका वडा नम्बर ६ बोलुङ्गामा पहिरो जाँदा स्थानीय अर्जुन विश्वकर्माको घर पुरिएको हो ।

घर पुरिएको घटनाबारे जानकारी आएको रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । तर, खराब मौसम र सडक समस्याका कारण असहजताका बीच बुझ्ने प्रयास भइरहेको उनले बताए । भिरालो ठाउँमा निर्मित सो घरमा पहिरोका कारण मानवीय क्षति नभएको र अन्य क्षतिबारे जानकारी आइनसकेको बताइएको छ ।

जेठोखबर


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको