घुस लिई नियुक्ति गरेको सामाजिक संजालमा सार्बजानिक,उपभोक्ता समिति भन्छ काल्पनिक मात्र


१० भाद्र नवलपरासी । .गत साउन २६ गते विभिन्न मिडिया र सामाजिक सञ्जालमा परासी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले बिधान मै नभएको कार्यालय व्यवस्थापक एवं लेखपालको दरबन्दीमा समीक्षा यादवलाई घूस लिई नियुक्ति गरेको खबर प्रकाशित भएको थियो।

रामग्राम नगरपालिका वडा नम्बर १ पर्ने परासी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले कर्मचारी नियुक्तिमा घुस लिएको खबर असत्य ,काल्पनिक मात्र रहेको बताएको छ।

परासी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारीहरुले आफ्नो पदको दुरुपयोग गरी विधान मै नभएको पदमा रु। २,५०,००० घुस खाइ सोही जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर ५ बस्ने समीक्षा यादवलाई कार्यालय व्यवस्थापक एवं लेखा हेर्ने भनि गैर कानुनी तरिकाले नियुक्ति दिइएको खबरको खण्डन गरेको छ।

परासी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष खगेश्वर पन्थीका अनूसार यहा सबै प्रक्रिया पुगाएर नियुक्ती गरीएको छ, कुनै प्रकारको घुस लिएको छैन् बाकी अन्य कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको अनुसन्धानले प्रमाणीत गर्ने बताएका छन्।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको