१० भदौ, जनकपूरधाम । एसिड पीडित आरती साहलाई प्रदेश २ सरकारले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
मुख्यमन्त्री लालबाबु राउतले त्यतिबेलै आरतीलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए।
सोही घोषणाअनुसार बुधबार राउतले आरतीलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। कार्यक्रममा प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह पनि उपस्थित थिए।
आरती साहमाथि उनकै श्रीमान सञ्जीव साहले गत वर्ष तिहारको लक्ष्मी पूजाको दिन माइतीमै गएर एसिड प्रहार गरेका थिए। जनकपुरधाम उपमहानगरपालिका ७ स्थित ससुरालीमै गएर उनले पत्नीलाई एसिड प्रहार गरेका थिए।
प्रहरीले आरतीकी श्रीमान्लाई पक्राउ गरेर कानुनी कारबाही अघि बढाएको छ। त्यतिबेला पक्राउ परेका एसिड विक्रेता नागेन्द्र साह भने जिल्ला अदालत धनुषाको आदेशमा रिहा भइसकेका छन्।
नेपालखबर









