धमेन्द्र यादव
८ भदौ । महोत्तरी जिल्लाको गौशालामा मंगलवार पाँच हजार घुस सहित शसस्त्र प्रहरी हब्लदार पक्राउ परेका छन। अख्तीयार दुरुपयोग अनुसन्धान आयोग वर्दिवास टोलीले शसस्त्र प्रहरी हबल्दारलाई घुसको रकम सहित पक्राउ गरेको छ ।
गौशाला नगरपालिका १ रामनगर स्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत प्रहरी हबल्दार राजी शरण साहलाई पक्राउ गरिएको छ । हबल्दार साहले गौशलाका व्यापारीहरुसंग असुल गरेको रकम सहित गौशलाको निगौल चोकबाट पक्राउ परेको अख्तीयार कार्यालय वर्दिवासले जनाएको छ ।
पक्राउ परेका साहलाई थप अनुसन्धानको लागि वर्दिवास लगिएको छ ।









