कपिलवस्तु को विजयनगर मा नेकपा एमाले पार्टीमा प्रवेश गर्ने को ओइरो


७ भदौ,कपिलवस्तु । कपिलवस्तु जिल्ला को पश्चिम तर्फ रहेको विजयनगर गाउपालिका को विभिन्न वडाहरु मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी सयौंको संख्यामा नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन ।

गाउपालिका को वडा नं १ मा १ सय २५ जना , वडा नं २ मा ६० जना र वडा नं ५ मा १ सय ४५ जना ले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी नेकपा एमाले पार्टी मा प्रवेश गरेको जिल्ला कमिटी सचिवालय सदस्य कृष्ण भण्डारीले बताउनु भयो ।

गाउपालिका भित्र नेकपा एमाले पार्टी लाई विकास र समृद्धि को लागि सधै काम गरेको हुनले अरु पार्टी परित्याग गरी यश पार्टी मा आउदै छन ।

जिल्ला कमिटी सदस्य गोपाल बहादुर थापाले नव प्रवेशीहरुलाई शुभकामना दिँदै संगठनमा एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ । संगठन विकासको मूल आधार भएकोले देशको समृद्धिका लागि हरेक तहबाट सबैको सहयोगको अपरिहार्य रहेको थापाले बताउनुभयो ।

यस्तै जिल्ला कमिटी सदस्य लक्ष्मी कुमारी चौधरीले पार्टीले सारेका नीति, सिद्धान्तलाई अँगाल्दै थप मजबूत बनाउन बतताउनभयो । विभिन्न परिस्थितिलाई सामना गर्दै पार्टीलाई विश्वास गरेर पवेश गरेका सबैलाई एमालेले सहयोगकामा कुनै कमी नराख्नेर र अहम भूमिका रहने बताउनुभयो ।

विजयनगर गाउपालिका अध्यक्ष गोपाल थापा , उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी , वडा नं १ , २ र ५ का वडा अध्यक्षहरुको सक्रियता मा नेकपा एमाले पार्टीलाई राम्रो बनाउदै छन । गाउपालिका भित्र पनि विस्तारै विस्तारै अन्य पार्टी परित्याग गरेर आउने क्रम चालिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको