जापानबाट थप पाँच लाख ५९ हजार कोरोना खोपको डोज आज नेपाल आइपुग्यो


७ भदौ, काठमाडौँ। जापानबाट अनुदानको थप खोप काठमाडौं आइपुगेको छ । सोमबार बिहान साढे ९ बजे कतार एयरलाइन्सको विमानबाट पाँच लाख ५९ हजार ३६० मात्रा अष्ट्राजेनिकाको खोप आइपुगेको खोप व्यवस्थापन शाखाका प्रमुख बडेबहादुर थापाले जानकारी दिएका छन् ।

यसअघि गत शनिबार जापानबाट दुई लाख ८ हजार सात सय डोज खोप काठमाडौं आइपुगेको थियो । जापानले नेपाललाई १६ लाख १४ हजार ७४० डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसमध्ये ११ लाख डोज उपलब्ध गराएकोमा सोमबार बाँकी खोप नेपाल ल्याइएको खोप व्यवस्थापन शाखाका प्रमुख थापाले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको