एकै परिवारका तीनजना मृत फेला


७ भदौ,झापा – झापाको कनकाई नगरपालिकामा एकै परिवारका तीनजना मृत फेला परेका छन्। नाबालक छोरीको हत्यापछि आमाबुवाले आत्महत्या गरेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

कनकाई नगरपालिकाको वडा नम्बर १ सिर्जना टोलका उनीहरु घरकै बलोमा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ।

मृत भेटिनेमा बुवा ३४ वर्षीय रविन विक, आमा २९ वर्षीय मुना विक र ८ महिनाकी छोरी रुविना विक रहेका छन्।

रविन कोरोना पोजिटिभसमेत रहेका थिए। ८ दिन अघि गरिएको परीक्षणमा उनलाई कोरोना पोजिटिभ देखिएको थियो।

‘नाबालक छोरीको हत्यापछि बुवा–आमाले आत्महत्या गरेको हुनसक्छ’ प्रहरी अधिकारी भन्छन्, घटनाबारे थप अनुसन्धान भैरहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको