धनुषामा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते


७ भदौ,धनुषा । सबैला नगरपालिका –९ अन्तर्गत भठिहनदेखि कुशमाहा जाने सडकमा मोटरसाइकलको ठक्करबाट एकजना महिला घाइते भएको ईलाका प्रहरी सबैलाले जनाएको हो ।

ज ७ प ४३५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा अन्दाजी २५ वर्षीय महिला घाइते भएको छ ।

पैदल हिँडिरहेका ती महिलालाई मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका हो ।

नाम खुल्न सकेको छैन भने थप उपचारका लागि जनकपुर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

यता चालकलाई ईलाका प्रहरी सबैलाको नियन्त्रणमा रहेको बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको