लोहरौली देखि गेरमा सडक खण्ड पोखरीमा परिणत , स्थानिय सरकार मौन


ज्ञानेश्वर सहानी

६ भदौ, नवलपरासी । पश्चिम नवलपरासी जिल्ला पाल्हीनन्दन गाउँपालिको लोहरौली देखि गेरमा सिमानाका सम्म जोड्ने लगभग १० किलोमिटर सडक खाल्डाखुल्डी भएर सडक को अवस्था जीर्ण बन्दै गएको छ ।

परासी देखि गेरमा सडक खण्डमा दैनिक ५ सय देखि हजार भन्दा बढी मानिसहरु आवात जावात गर्ने गर्छन् । गेरमा  हुँदै नवलपरासी जिल्ला को सदरमुकाममा जोड्ने सडक को अवस्था जीर्ण अबस्थाको छ । यही सडकबाट वडा अध्यक्ष पालिका प्रमुख , प्रदेश सभा सदस्य जस्ता जनप्रतिनिधिहरु हिडिरहन्छन् तर मर्मत सम्भारको लागि भने कूनै चासो देखिएको पाइदैन ।

सडक दिन प्रतिदिन जीर्ण बन्दै गएको छ । सडकको बीचबीच भागमा खाल्डाखुल्डी भएर पानी जमेको छ । यो सडकमा सवारी दुर्घटना हुन सक्ने धेरै सम्भावना छ । सडक मर्मत सम्भार मा स्थानीय सरकार , प्रदेश सरकार र केन्द्र सरकारले केही चासो दिइएको छैन ।

सडक निर्माण गरेर मात्र हुदैन त्यसको मर्मत सम्भार पनि गर्न अवश्यक रहेको छ । गर्मी को समयमा धूवा धुलो हुने अनि बर्षा को समयमा सडक को बीच भागमा भएको खाल्डा खुल्डीमा पानी जामेर सडकमा आवात जावात गर्न निकै समस्या भइरहेको एक जना युवाले बताए ।

पानि निकास नभएको कारणले गर्दा सडकको छेउछाउमा पानी जम्ने , सडकको बीच भागमा खाल्डाखुल्डी भएर पानी जम्ने भएको कारणले निकै समस्या रहेको लोहरौली देखि गेरमा सडक मर्मतको लागि जनप्रतिनिधिहरु ध्यान जान अवश्यक रहेको स्थानीय बताउँछन्


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको