
४ भदौ,धनुषा । धनुषामा सडक दुर्घटनामा परेर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
सडक दुर्घटनामा परेर घाइते भएकी घनुषाको मिथिला नगरपालिका ९ की ५५ बर्षिया रेवती घर्ती मगरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत साउन ३१ गते विहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना।१ ज। ७१३४ नम्बरको विंगरले पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका(९ बडहरीस्थित ग्लोबल होटल अगाडी पैदलयात्री मगरलाई ठक्कर दिएको थियो । विङ्गरको ठक्करबाट गम्भिर घाइते भएकी मगरलाई उपचारको लागि विराटनगर लगिएको थियो । प्रहरीका अनुसार उनको टाउकोमा गम्भिर चोट लागेको थियो ।
मगरको आज शुक्रवार विहान विराटनगरस्थित विराट नर्सिङ्ग होममा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदीप सुवेदीले जानकारी दिए ।
यता ठक्कर दिने विङ्गर र विङ्गर चालक सिरहाको धनगढीमाइ नगरपालिका ९ का ३५ वर्षिय रंजित लामा प्रहरीको नियन्त्रणमा रहेको सुवेदीले जनाए ।
लामामाथि सवारी ज्यान मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।