सुबिन विश्वकर्मा (सुनसरी)
३ भदौ । बराहक्षेत्र नगरपालिकामा रहेको कोल्ड सेन्टर चिस्यान गृहमा चार महिना अघि ५सय ७०बोरा बीउ आलु राखिएको थियोे । ११ वटै वडाबाट किसान तथा कृषि फर्महरुले सुरक्षित हुने भन्दै बीउ आलु राखेका हुन् ।
कृषकहरुका अनुसार आफूहरूलाई राख्नुअघि बोराको ३ सय रुपैयाँ तिर्नुपर्ने बताइएको थियोे । यद्यपि कोल्ड सेन्टर ट्रायलको अबस्थामा भएकाले पैसाको कुरा निश्चित नभइसकेको बराहक्षेत्र नगरपालिका कृषि बिकास शाखाकी प्रमुख तुलसा लिम्बुले बताइन् ।
भूमि, ब्यबस्था तथा कृषि सहकारी मन्त्रालय, प्रदेश नम्बर १ को ५० लाख र बराहक्षेत्र नगरको १७ लाख बजेटमा भर्खरै निर्माण सम्पन्न भएको कोल्ड सेन्टरलाई नगरपालिका अन्तर्गत कृषि शाखाले रेखदेख गर्दै आएको शाखाका कर्मचारी नीर बहादुर राइले जानकारी दिए ।
उनकाअनुसार चक्रघटीमा केहिदिनयता बिधुतमा आएको उतारचढावले गर्दा तापक्रम नमिल्दा आलु बिग्रिने अबस्थामा आएको हो । सुरुमा १० बोरा ट्रायलको लागि राख्ने कुरा भएको थियो तर सबैले आ आफ्नो हामी आफै राख्न पाउनुपर्छ भन्दै राख्न थालेपछि अहिले यस्तो परिस्थिति आको हो, राइले भनें ।
यसैबीच बराहक्षेत्र ४ का किसान सन्जय खत्री प्रश्न गर्छन्, ट्रायलको रुपमा थियो भने वडाले किन सिफारिस गर्यो खत्री वडाले कोल्ड सेन्टरमा बीउ आलु राख्न सिफारिस गरेको आधारमा त्यहाँ पुगेका थिए ।
त्यस्तै, बराहक्षेत्र ४ का अर्का किसान कुमार थापाले कर्मचारीको लापरबाहीले बीउ आलु नष्ट भएको आरोप लगाए । उनले भने, बिजुलीको पावर ठिकै थियो, कर्मचारीले एसीु चलाइदिएनन्, रेखदेख पनि गरेनन् । कृषक थापाको जवाफ दिदै कर्मचारी राइले भनेका छन्, हामीले बेलाबेलामा रेखदेख गरिरहेकै छौ, भोल्टेजको समस्याका कारण यस्तो भएको हुँदा यस विषयमा विधुत प्राधिकरणसँग कुरा भइसकेको छ, अर्कोपटकदेखी यस्तो हुँदैन ।
यसैक्रममा बराहक्षेत्र ८ मा रहेको दर्पण अर्गानिक कृषि रिसर्च सेन्टरले १५ बोरा बीउ आलु राखेको भएपनी ५ बोरा नभेटिएको समाचार तयार गर्दासम्म बताइएको छ । संचालक पिताम्बर राई भन्छन्, नगरले प्राबिधिक टोली र कर्मचारी नियुक्त गर्न नसक्दा समस्या आएको हो ।
अर्का कृषक अर्जुन थापाको ५० केजी सहित अन्य ५ जनाको समेत बीउ आलु हराएको उनीहरूले गुनासो गरे पनि पुनः कृषि साखा प्रमुख लिम्बू भन्छिन्, हराउने भन्ने कुरा नै हुँदैन् ।
एकजना कृषकले ५० केजीको बोरामा आलु घटेर ३५ देखि ४० केजी मात्र भएको बताए । उनले प्रश्न गरेका छन्, यो कुहिएको र अस्वाभाविक घटेको आलुको क्षतिपूर्ति कसले दिन्छ केही बोरा आलु कुहिएर चौरमा फालिएको अबस्थामा समेत देखिएको थियो । तर कृषि साखा प्रमुख लिम्बुले भने, ५० केजीमा २र३ केजी मात्र नष्ट भएको जिकिर गरेकी छन् । साथै उनले आवश्यक पर्ने भए क्षतिपूर्ति दिने सम्बन्धमा छलफल हुने बताइएकी छन् । ुकिसानहरु मर्कामा पर्नुभएकै छु, उनले भनेकी छन्, ुहामी चाडै नै नगरपालिकाका मेयर र कार्यकारी प्रमुखसँग छलफल गरेर निचोड निकाल्ने छौ ।ु
उनले कृषि शाखामा सीमित कर्मचारी भएकाले काम गर्न गारो भएको बताइन् । यद्यपि उनी आफै बीउ राखेपश्चात कोल्ड सेन्टरमा पटकपटक निरीक्षण गरिरहेकी छन् । किसानहरूले भनेझैं कर्मचारीको लापरबाहीले त्यस्तो भएको हैन्, उनले भनिन ।