लालबन्दी ः १४ वर्षिया किशोरीको ह-त्या भएको दावी गर्दै स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध


२ भदौ, सर्लाही । साउन ३१ गते साँझ घरबाट निस्किएकी लालबन्दी नगरपालिका(१७ रानीगञ्ज की १४ वर्षिया किशोरीको शव मंगलबार बेलुका पूर्व(पश्चिम राजमार्गको कालिन्जोर पुलभन्दा केही माथि फेला परेको थियो ।

किशोरी हत्याको विषयलाई लिएर स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीयले सर्लाहीको लालबन्दीस्थित ईलाका प्रशासन कार्यालय अगाडि टायर बालेर विरोध प्रर्दशन गरेका छन् ।

शव फेला परेपछि घटनामा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीय बुधबार बिहानदेखि विरोधमा उत्रिएका हुन्।

किशोरीको हत्या भएको दाबी र दोषीलाई कारबाहीको माग गर्दै उनीहरुले मध्यान्ह्र १२ बजेबाट नाराबाजीसहित टायर बालेर चक्काजाम गरेका हुन्। स्थानीयले हत्यारालाई फाँसीको माग गर्दै विरोध गरेका छन्।

किशोरीको मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धानका लागि दुई युवालाई नियन्त्रणमा लिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको