प्रदेश २ का प्रदेश प्रमुख मिश्रद्वारा पदभार ग्रहण, एयरपोर्टमा भव्य स्वागत


बिजय साह l

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशङ्कर मिश्रले बुधबार आफ्नो पदभार ग्रहण गरेका छन्।

दिउँसो २ बजे बजेतिर जनकपुरधाम आएका मिश्र मधेश भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा पुगी पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण गर्न आएका नवनियुक्त प्रदेश प्रमुख मिश्रलाई जनकपुर एयरपार्टमा भव्य स्वागत गरिएको छ।

काठमाडौंबाट जनकपुर आइपुगेका प्रमुख मिश्रलाई नेपाली काँग्रेसका कार्याकर्ताले माला लगाएर स्वागत गरेका हुन्।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रदेश प्रमुख मिश्रले पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को साउन ३२ गते बसेको बैठकको निर्णयअनुसार मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुख पदमा नियुक्त गरेकी थिइन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको