विनोद मह
२ भदौ धनुषा । गाउँको बाटो विगारेको भन्दै धनुषाको मिथिला नगरपालिका वडा नं। ३ हरिहरपुरका स्थानीयबासिन्दाहरुले एउटा क्रसरको स्काईभेटर गएराति नियन्त्रणमा लिएको छ । हरिहरपुर–महेन्द्रनगर जोड्ने वैकल्पिक राजमार्ग टिपरले बिगारेको भन्दै हरिहरपुरका स्थानीयबासिन्दाहरुले स्काईभेटर नियन्त्रणमा लिएको छ ।
मिथिला नगर पालिका वडा नं। ३ र क्षीरेश्वरनाथ नगरपालिका वडा नं। ७ को सिमामा पर्ने बाटोमा अवैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा ज १ क ५७९ नम्बरको स्काइभेटर स्थानीय बासिन्दाले गएराति करिव ११ बजेको समयमा नियन्त्रणमा लिएका छन् । नियन्त्रणमा लिएको स्काइभेटर जलाद नदि किनारमा संचालित वन्देवी बालुवा गिट्टी प्रसोधन उद्योग ९क्रसर० को रहेको स्थानीयहरुले बताएका छन् ।
यता स्काईभेटर नियन्त्रणमा लिने क्रममा हरिहरपुरका स्थानीयबासी र क्रसर संचालक टोलीबीच घम्साघम्सी समेत भएको थियो । प्रहरी प्रशासन लगायत व्यक्तिहरुको मिलोमतोमा जथाभावी खोलामा स्काइभेटर लगाएर नीजि जग्गा र खेती योग्य जमिन खोलामा खस्ने गरी क्रसर माफियाहरुले उत्खनन् गर्दै आईरहेको गाउँबासीको आरोप छ ।
टिपरले गाउँमा हिँड्ने बाटो नै विगारेको र आवत जावतमा सास्ती भोग्नु परेको बताउँदै स्थानीयहरुले आन्दोलित भएका छन् । उक्त बाटोमा टिपर प्रयोगले करिव ३–४ फिट नै खाल्डाखुल्डी भएकोले गाडी समेत फस्ने गरेको स्थानीयहरु बताउँछन् । अबैध खोला उत्खनन् रोक्न र बाटोघाटो दुरुस्त बनाउन मेयर र वडाध्यक्षले कुनै चाँसो नदेखाएको आरोप लगाउँदै स्थानीयले क्रसर माफियाहरुको कमिशनको लोभमा फसेर प्रहरी प्रशासन नै सुरक्षा दिई रहेको दावी समेत गरेका छन् ।
स्काईभेटर नियन्त्रणमा लिएपछि यसबारे छलफल गरी समस्या समाधान गर्ने गाउँलेहरुको भनाई छ । यता स्थानीय आपसी सम्झौता र बाटो–घाटो दुरुस्त नबनाए सम्म स्काईभेटर नछाड्ने र यसको विरुद्धमा बुधवार बाटो जाम गर्दै कडा विरोध गर्ने स्थानीयबासीलाई उद्धृत गर्दै संचारकर्मी सुदिप शर्माले जनाकारी दिएका छन् ।