तालिवान उदयमा खुसी छैन पाकिस्तान


२ भदौ । अफगानिस्तानमा तालिवानको कब्जाले पाकिस्तानीहरू अत्यधिक खुसी छन् भनेर अमेरिका र युरोपका थुप्रैले सोचिरहेका छन् भन्नेमा म ढुक्क छु ।

पश्चिममा तालिवानलाई पाकिस्तानी रचना वा परजीवी ठानिन्छ, जुन आंशिक सत्य भए पनि अतिशयोक्तीपूर्ण बुझाइ हो । विगत दुई दशकयता पाकिस्तानी सेना, सरकार र समाजका केही तत्वले तालिवानलाई सहयोग गरेकै हो । केही पाकिस्तानी अधिकारीले तालिवानले मुलुक कब्जा गरेको समाचारलाई बदनियतपूर्ण उल्लासका रूपमा प्रस्तुत गरे । मानवअधिकारमन्त्री सिरिन मजारीले काबुल घटनालाई दक्षिण भियतनाममा १९७५ मा भएको अमेरिकी पलायनसँग जोडे ।

योजनामन्त्री असद उमरले ‘अफगान सेना विनाप्रतिवाद धराशयी भएकामा सबै चकित परेका छन् । सेना तीन कारणले युद्ध लड्छ अर्थात् उद्देश्य, नेतृत्व र धन । यहाँ कुनै उद्देश्य छैन र अफगान सरकार भ्रष्ट छ । सरकारले लत्तो छोड्दा धन आउन पनि बन्द हुन्छ भने लडाइँ लड्नुको कुनै कारण छैन’ भन्दै ट्विट् गरे ।

वास्तवमा अफगान सरकारको पराजयमा पाकिस्तानीले उत्सव मनाउनुपर्ने कुनै कारण छैन र थुप्रै पाकिस्तानीले उत्सव मनाउदैनन् पनि । स्मरण रहोस् सेप्टेम्बर ११ को घटनापछि पाकिस्तानको अन्तर्राष्ट्रिय हैसियत बढेको देखिन्छ । वासिङ्टनले पाकिस्तानलाई प्रमुख गैरनेटो साझेदारसमेत घोषणा ग¥यो । पाकिस्तानले अमेरिकीलाई सैन्य अड्डा उपलब्ध गरायो र त्यसबाट उसले करोडौँ डलर भित्र्यायो । प्रधानमन्त्री इमरान खानको क्याबिनेटका थुप्रै मन्त्रीले परवेज मुसर्रफ सरकारमा पनि काम गरेका थिए । मुसर्रफ थोरै समयकै लागि भए पनि अमेरिकाका लागि सबैभन्दा महत्वपूर्ण अन्तर्राष्ट्रिय साझेदार बनेका थिए ।

अमेरिकाले हमिद कारजाई र असरफ घानीलाई अफगानिस्तानमा प्रत्यक्ष रूपमा लादेको होइन । उनीहरूलाई पाकिस्तानको पूर्ण र उत्साहजनक समर्थनसाथ इस्लामाबादबाट पठाइएको हो । २०१४ मा असरफ घानीलाई पाकिस्तानी सेनाको मुख्यालयमा गार्ड अफ अनर दिएको मेरो सम्झनामा ताजै छ । यसै सन्दर्भमा २०१५ मा मोइद युसुफले घानीलाई समर्थन गरेर अमेरिकी थिंक–ट्यांकका लागि लामो पत्र नै लेखेको कसरी बिर्सनु रु युसुफले घानीलाई जस्तोसुकै कठिन परिस्थितिविरुद्ध लड्न सक्ने सन्तुलित नेताका रूपमा व्याख्या गरेका थिए ।

खान र घानीबीचको सम्बन्ध २०२० मा बिग्रियो जब पाकिस्तानले ट्रम्प प्रशासन र अफगान तालिवानबीच शान्ति सम्झौताका लागि वातावरण तयार ग¥यो । युद्धविराम नभई घानीलाई पाँच हजारभन्दा बढी तालिवान बन्दीलाई रिहा गर्न बाध्य बनाइयो । घानी पाकिस्तान एवं तालिवानप्रति सन्देह गर्न थाले र पाकिस्तानलाई सबक सिकाउन घानी भारतनजिक भए । तर, तालिवान घानीभन्दा चतुर निस्कियो । तालिवान जस्केलाबाट छिरेर भारतसँग संलग्न भयो र दिल्लीलाई यो मामिलामा निष्प्रभावी बनाइदियो । घानी र पाकिस्तानबीचको मित्रता निकै कमजोर ठहरियो । कमजोर मित्रताका बाबजुद इस्लामाबादमा कसैले पनि घानीको सत्ता पतनलाई विजयोत्सव मान्न सकेको छैन ।

अफगान सरकारको पराजयमा पाकिस्तानीले उत्सव मनाउनुपर्ने कुनै कारण छैन र थुप्रै पाकिस्तानीले उत्सव मनाउँदैनन् पनि

काबुलमा तालिवानको सैन्य कब्जाविरुद्ध केही साताअगाडि प्रधानमन्त्री खानले वासिङ्टन पोस्टमा एउटा स्तम्भ नै लेखेका थिए । उनी लेख्छन् ‘अफगानिस्तानमा पाकिस्तान र अमेरिकाको स्वार्थ एउटै छ । हामी युद्ध नभई वार्ताका माध्यमबाट शान्ति चाहन्छौँ । हामी स्थायित्व चाहन्छौँ र दुवै मुलुक ९पाकिस्तान र अफगानिस्तान०लक्षित आतंकवादको अन्त्य चाहन्छौँ । केहीले यस अभिव्यक्तिलाई राजनीतिक शिष्टता मात्र भनेर खारेज गरिदिन सक्छन्, तर खान गलत छैनन् ।

तालिवानले हजारौँ कैदीलाई थुप्रै अफगान जेलबाट रिहा गराएका छन्, जसमा मौलवी फकिर मुहम्मदलगायत पाकिस्तानी तालिवान नेता पनि पर्छन् । मौलवी फकिर पाकिस्तानमा कुख्यात छन् र अलकायदा नेता अयमन अलजवाहिरीलाई सार्वजनिक प्रोत्साहन गरेका कारण पक्राउ सूचीमा परेका छन् । के मौलवी फकिर पाकिस्तानविरुद्ध युद्ध लड्न बन्द गर्छन् वा पाकिस्तानविरुद्ध युद्ध गर्ने घोषणा गरेका तेहरिक–ए–तालिवानका पाकिस्तानी नेता मुफ्ती नुर अली मेहसुदसँग हात मिलाउँछन् रु हामी राष्ट्रपति भवनमा बसिरहेका तालिवान नेतृत्वबाट उत्तर खोजिरहेका छौँ ।

उपनिवेशकालमा अफगानिस्तान र पाकिस्तानबीच कोरिएको सीमारेखा ड्युरेन्ड लाइनले आदिवासी पस्तुनलाई छुट्याएको थियो । थुप्रै विज्ञ तालिवानले सो सीमाको वैधानिकतामा प्रश्न गर्न सक्छ भनेर सन्देह गरिरहेका छन् किनभने तालिवानको मुख्य आधार नै पस्तुन समर्थन रहेको छ । काबुलमा अफगान तालिवानले कब्जा जमाउनुले दोहामा भएको अमेरिका र अफगान तालिवानबीचको शान्ति–सम्झौता अर्थहीन बनाइदिएको छ ।

अफगानिस्तानलाई ‘साम्राज्यहरूको चिहान’ पनि भन्ने गरिन्छ । सम्भवतः तालिवानले अब बेलायत र सोभियत संघलाई निस्तेज पार्ने अफगान बिरासत दाबी गर्न सक्छ । तर, नयाँ बनेको चिहानप्रति तालिवान र तिनका पाकिस्तानी समर्थकले गर्व गर्नुको औचित्य छैन । यो चिहानलाई कसरी स्वर्ग बनाउन सकिन्छ, अहिलेको वास्तविक चुनौती यही हो ।

वासिङ्टन पोस्ट मिर वरिष्ठ पाकिस्तानी पत्रकार एवं लेखक हुन्


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको