
३२ साउन वीरगञ्ज, । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले सोमवार अस्पतालमा छापा मारेको हो ।
अस्पतालको औषधी पसलमा १ करोडभन्दा धेरै रकम हिनामिना भएको भन्ने खबरको आधारमा अख्तियारले छापामारी गरेको बताइएको छ ।
टोलीले औषधी खरिद बिलसहित अस्पतालका विभिन्न कागजात नियन्त्रणमा लिने काम गरिरहेको अख्तियारको हेटौंडा कार्यालयका प्रवक्ता विष्णु सापकोटाले जानकारी दिए ।