
३२ साउन, काठमाडौं । गैरकानुनी ढङ्गले आफूलाई हटाइएको भन्दै नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा निवेदन दायर गरिएको छ ।
अघिल्लो सरकारले चार वर्षका लागि नियुक्ति गरे पनि अहिले कुनै कारणविना गैरकानुनी ढङ्गले हटाइएको भन्दै शाक्यले पुनर्बहालीको माग गरेर सर्वोच्चमा निवेदन दर्ता गराएको छ ।
उहाँको निवेदनको सुनुवाइ पर्सि बुधवारका लागि तोकिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले उज्यालोलाई जानकारी दिनुभयो ।