महोत्तरीमा गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु स्थानीयहरुले गरे गाडीमा आगजनी


३२ साउन, महोत्तरी । महोत्तरीको गौशलामा गाडीले ठक्कर दिँदा एकजनाको घटना स्थल मै मृत्यु भएको छ । आईतबार साझ करिब ८ बजे गौशाला रोड – सम्सी सडकखण्ड अन्तर्गत गौशाला नगरपालिका वडा नम्बर १ रामनगर स्थित गाडीले ठक्कर दिँदा एकजनाको घटना स्थल मै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय गौशलाको अनुसार गौशाला नगरपालिका १ रामनगरमा बेलुकी ८ बजे स्थानीय ५० वर्षीय रामपुकार महतो भैंसी चराएर जंगलबाट आउदै गर्दा बा ६ च ४६१७ नम्बर को गाडीले ठक्कर दिदा घटना स्थल मै मृत्यु भएको छ ।

घटना पश्चात आक्रोसित स्थानीयहरुले गाडीमा आगजनी गरेका छ्न । भिड नियन्त्रण गर्न प्रहरीले हवाई फाईरिङ गरेका थिए । गाडी बर्दिवास स्थित अमरपाली जुस कम्पनीको गाडी रहेको बताइएको छ । गाडी चालक सुदिप मगरलाई ईलाका प्रहरी कार्यालय गौशालाले पक्राउ गरेको छ ।

घटना बारे थप अनुसन्धान भईरहोको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक विष्णु प्रदिप वस्यालले जानकारी दिनुभयो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको