माता पार्बती र भगवान भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस


वि.सं.२०७८ साल साउन ३२ गते । सोमबार । ईश्वी सन् २०२१ अगष्ट १६ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– अष्टमी, बिहान ०७ बजेर १० मिनेट उप्रान्त नवमी । नक्षत्र– अनुराधा, रातको ०३ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग– बम्ह, बिहान ०७ बजेर ०९ मिनेट उप्रान्त ऐन्द्र । करण– बव, बिहान ०७ बजेर १० मिनेट उप्रान्त बालव, बेलुकी ०५ बजेर ०६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–वृश्चिक ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ३५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३९ मिनेट । दिनमान ३२ घडी ४० पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घरपरिवारमा आफन्तबीच मनमुटाब बढ्ने तथा माया प्रेममा गलत बुझाइले समस्या निम्त्याउन सक्छ, सचेत रहनुहोला । बाटो हिँड्दा वा सवारी चलाउँदा ख्याल गर्नुहोला समय मध्यम रहेको छ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा संवृद्ध बनाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने लामो दुरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिने तथा परिवारका आवश्यक्ताहरु पूरा गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुसी भएको महसुस गर्नेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । अध्ययन अध्यापनमा तपाईंको कमजोर उपस्थितिको फाइदा अरूले उठाउन सक्छन् ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अदालती तथा न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईंकै पक्षमा हुनेछन् । दाजुभाइ तथा आफन्तको सहयोगमा व्यापारमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा सामीप्य बढ्नेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइसँगको रमाइलो बसाइँमा स्वादिष्ट भोजनका साथ समय व्यतित गर्न सकिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे धन सम्पत्ति जोड्न सकिनेछ । विलासी तथा भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने हुनाले अरूको मन आफूतिर लोभ्याउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । माया प्रेममा अविश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने योग रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइमा राम्रो प्रगति गरी नाम कमाउन सकिनेछ भने बैङ्किङ क्षेत्रको लगानी बाट भनेजस्तो आम्दानी हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग तथा परिचालन मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाइको सहयोग हुने हुँदा मन प्रसन्न रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) नयाँ काम गरी समाजको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । रोजगारीका अवसर सिर्जना गरी मनग्गे धन सम्पत्ति कमाउन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययनको सिलसिलामा लामो दुरीको यात्रा गर्न सकिनेछ । धर्म कर्ममा मन जाने हुनाले दिनभर जसो मन शान्त रहनेछ ।

तपाईंको दिन शुभ रहोस् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको