
३१ साउन,धनुषा । धनुषामा पेस्तोल देखाई सामुहिक बलात्कार गर्दै लुटपाट घटनामा सलग्न फरार आरोपितलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । कमला नगरपालिका–८ बस्ने २७ वर्षीय महिला पानि लिन घर बाहिर आएको वेलामा आरोपितहरुले सामुहिक बलात्कार गर्दै लुटपाट गरेका थिए ।
पेस्तोल देखाई बलात्कार गरि गरगहना लुटपाट गर्ने घटनामा सलग्न कमला नगरपालिका–८ बस्ने २७ वर्षीय शम्भु महरा रविदासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले साउन ३० गते पक्राउ गरेको छ । कमला नपा–८ बस्ने रामचन्द्र मण्डल खत्वे र शम्भु महराले २०७७ असोज २६ गते राति सामुहिक बलात्कार गरेको भन्दै पिडितले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी गरेको थियो ।
फरार आरोपितलाई खोजी गर्ने क्रममा जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरस्थित रेल्वे लिकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्रकुमार बस्नेतले बताए ।
आरोपितहरु विरुद्ध जवरजस्ती करणी, डाँका र हातहतियार सम्बन्धी कसुर अपराध मुद्दा अनुसन्धान पश्चात धनुषा जिल्ला अदालत जनकपुरधाम पेश भएको मुद्दा बिचाराधिन अवस्थामा रहेको डिएसपी बस्नेतले बताए ।