जनकपुरमा एक युवकको शव फेला


३१ साउन, जनकपुर । धनुषाको जनकपुर उप–महानगरपालिका–८ रामानन्द चोक स्थीत एक युवकको शव फेला परेको छ ।

मृतकको नाम, थर नखुलेका करिब २५ वर्ष उमेरका युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले बताए ।

मृतकको निधारमा सामान्य चोट देखिएको छ । शव नजिकै मदिराको बोतल फेला परेको छ । शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ । मृतकको पहिचान खुलाउने प्रयास भइरहेको डिएसपी बस्नेतले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको