
३० साउन, मुगु । हिमाली जिल्ला मुगुमा शैक्षिक सत्र सुरु भएको दुई महिनापछि बल्ल पाठ्युपुस्तक पुगेको छ । पाठ्यपुस्तक नपुगेकोबारे केही दिनअघि न्यूज २४ नेपालमा समाचार सम्प्रेषण भएको थियो । त्यसको केही दिनपछि लिल्लामा पाठ्यपुस्तक पुगेको हो ।
यहाँका स्थानीय तह छायाँनाथ–रारा नगरपालिका, मुगुमकार्मारोङ्ग गाउँपालिकामा रहेका विद्यार्थीहरुका लागि र पाठ्यपुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारले चासो देखाएपछि तुरुन्त जिल्लामा पाठ्यपुस्तक पुगेको हो ।
यी दुवै स्थानीय तहमा गरी कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुका लागि १३ हजारभन्दा बढी विद्यार्थीहरुलाई पुग्नेगरी पाठ्यपुस्त आइपुगेको हो जयलक्ष्मी पुस्तक भण्डारका प्रोपाइटर जयलक्ष्मी भामले ६३ वटा सामुदायिक विद्यालयमा पुस्तक पुगेको र अब यहाँका बाँकी विद्यार्थीहरुको हातमा सहजै पुग्ने बताए ।
जिल्लामा रहेका सामुदायिक तथा निजी गरी १ ४० विद्यालयमा अध्ययनरत १३ हजार २ सय बढी विद्यार्थीको हात–हातमा केही दिनमै पाठ्यपुस्तक पुग्ने बताइएको छ ।
समयमै पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइमा पुर्णविराम लागेको थियो । अब किताब आईपुगेपछि विद्यालय सञ्चालन नभए पनि घरमै अध्ययन गर्न पाइने भएकाले अभिभावकहरु समेत खुसी छन् ।