विद्यालय बनाउने नाममा व्यापक अनियमितता मेयरविरुद्ध अख्तियारमा उजुरी


३० साउन, महोत्तरी । महोत्तरीको भंगाहा नगरपालिका वडा नम्बर ६ मा विद्यालय बनाउने नाममा व्यापक अनियमितता भएको भन्दै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गरेका छन् ।

उपभोक्ता समिति, वडा अध्यक्ष र नगरप्रमुखको मिलोमतोमा विद्यालयको ६० प्रतिशत काम नसकिँदै नगरपालिकाबाट १६ लाख भुक्तानी भएको स्थानीयको आरोप छ ।

भंगाह नगरपालिका वडा नं। ६ स्थित लक्ष्मी माध्यामिक विद्यालयको २ कोठे ट्रस्ट बनाउन आर्थिक बर्ष २०७७र७८ मा नगरपालिकाबाट १६ लाख रुपैयाँ छुट्याइएको थियो ।

गत असारमा काम सकिनुपर्ने भएपनि अहिलेसम्म ६० प्रतिशत काम पनि नसकिएको र रकम भने असारमा नै भुक्तानी गरेको स्थानीयको भनाइ छ ।

विद्यालयको काम नसकिदै नगरपालिकाबाट त्यत्रो रकम कसरी भुक्तानी भयो भन्ने जवाफ माग्दा उपभोक्ता समिति र जनप्रतिनिधिबाट कुनै उत्तर आएन, हामीले सत्यतथ्य छानबिनको लागी अख्तियारमा मुद्दा दर्ता गरेका हौँ’, वडा नम्बर ६ का स्थानीय सर्मन यादवले भने ।

काम सकेर सम्पुर्ण कागजात बुझाएपछि मात्र पैसा भुक्तानी गर्नुपर्ने मापदण्ड भएपनि किर्ते कागज बनाएर रकम भुक्तानी गरेको यादवको भनाइ छ ।

उपभोक्ता समितिवाट काम गर्नुपर्नेमा नगरप्रमुख संजिव साहले आफूखुसी अर्कैलाई ठेक्का दिएको तर रकम भुक्तानी भने उपभोक्ता समिति मार्फत गराएको पाइएको छ ।

काम नै नसकी बिना अनुगमन रकम भुक्तानी दिने प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीतर्फ पनि स्थानीयवासीले प्रश्न उठाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीयले नगरप्रमुख संजिव साह, वडा अध्यक्ष चौथी महतो, प्रमुख प्रशासकीय अधिकृत धमाृनन्द जोशी र उपभोक्ता समितिका पदाधिकारीहरुमाथि छानबिन गर्न माग गर्दै निवेदन दिएका हुन् ।

गलत गर्ने कारबाहीको भागीदार हुन्छः नगरप्रमुख साह

नगरप्रमुख संजिव कुमार साहले लक्ष्मी माध्यामिक विद्यालयको बिषयमा कुनै त्रुटि नभएको बताएका छन् । यस बिषयमा थाहा पाएपछी रकम भुक्तानी भएको कुमारी बैंकमा पनि गएर आपूले बुझेको तर, स्थानियहरुले आरोप लगाए जस्तो नदेखिएको नगरप्रमुख साहले पालिका खबरलाई बताए ।

संञ्चारकर्मीसँगको कुराकानीमा साहले यदि काम गर्ने बिषयमा कतैबाट गलत भएको भए जोसुकै भए पनि कारबाहीको भागिदार बन्ने बताए । आफू हरेक विषयमा पारर्दर्शी भएको दावी गर्दै नगरप्रमुखले भने, मेरो तर्फबाट केही गलत भएको छैन । प्राविधिकहरुले मुल्यांकन गरेपछी त्यसको काम कार्यालय प्रमुखले हेर्नुपर्ने हुन्छ ।ु

नगरप्रमुख साहले साङ्केतिकरुपमा प्राविधिक र कर्मचारीबाट गलत भएको हुनसक्ने बताए । लक्ष्मी माध्यमिक विद्यालयको बिषयमा थप छानबिन गर्ने र कोही दोषी भए तत्कार कारबाही गर्नेमा पनि नगरप्रमुख साहले प्रतिबद्धता जनाएका छन् ।

मलाई केही थाहा छैनः प्रमुख प्रशासकीय अधिकृत

प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले भने रकम भुक्तानी भएको तर काम सकिएको वा नसकिएको विषयमा आफुलाई जानकारी नभएको बताए ।

 

हरेक आयोजनामा आफू जान नसक्ने र अहिलेसम्म लक्ष्मी माध्यामिक विद्यालयमा नगएको बताउदै उनले भने, ‘अब छानविन गरेपछि मात्र थाहा हुन्छ, के भएको रहेछ ।’ प्राविधिकले व्यवहारिक मूल्यांकन गरेको हुन सक्ने उनको भनाइ छ ।

पालिकाखबरसँगको कुराकानीमा उनले भने, ‘पहिला त्यो ठाउँमा जानुस अनि बुझेर मात्र म सँग कुरा गर्न आउनुस् ।’

 

के भन्छन् वडा सदस्य रु

काम नै नसकी विद्यालय बनाउने नाममा व्यापक अनियमितता गरेको जनप्रतिनिधि विनोद यादवले बताए ।

वडा अध्यक्ष चौथी महतो, प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशी, नगरप्रमुख संजिव साह, उपभोक्ता समितिका अध्यक्ष बिनोद यादव, कोषाध्यक्ष सुमित्रादेवी र सचिव उपि मियाले १६ लाख रुपैयाँ हिनामिना गरेको उनको आरोप छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको