मन्दिर निर्माणका लागि स्थानीय नेता क्षेत्रीले गरे सहयोग


पदम तामाङ्ग ।
महोत्तरीको बर्दिबासमा ब्रहमस्थानको मन्दिर निर्माणका लागि स्थानीय नेता प्रलाद कुमार क्षेत्रीले सहयोग गरेका छन् ।
बर्दिबास नगरपालिका–१३ स्थित बिजलपुरामा ब्रहमस्थानको सडक बिस्तारको क्रममा पुरानो मन्दिर भत्काएको थियो । नयाँ मन्दिर निर्माणका लागि स्थानीय युवाहरु मिलेर अभियानको रुपमा मन्दिर निमार्ण कार्यमा जुटेका छन ।
हिन्दु परम्परा अनुसार गाउँको प्रमुख रक्षकको रुपमा मानिने ब्रहम्स्थान (देउता) मन्दिर बनाउन स्थानिय यूवाहरु चन्दा संकलन गरेर काम गरिरहेका छन ।
मन्दिर निमार्ण कार्यका लागि समाग्रहरु नपुगेको अवस्थामा नेताम क्षेत्रीले गाउँमै गएर स्थानियहरु संग छलफल गरि आज नाग पञ्चमिका दिन यी सामाग्रीहरु सहयोग गरेका स्थानिय नेता रमेश महतोले बताए ।
टक नेपाल टिभि संग कुराकानी गर्दै भने बर्दिवास नगरपालिकामा एक मात्र मनकारी मन भएका नेता प्रलाद कुमार क्षेत्र हुन । जनताका अगिडि पाटीको कुरा कहिले गदैन बरु सहयोगी मनका लागि समस्या बुझेर सहयोग गर्दै आईरहेका छन । आफु चुनावमा पराजित भएपनि जनताका लागि दिनरात न सम्झी हाम्रा समस्याहरु प्रति चासो राखेर सहयोग गर्दै आईरहनुभएको स्थानिय नेता रमेश महतोले बताए ।
मन्दिर निर्माणका लागि नेता क्षेत्रीले ५० बोरा सिमेन्ट, १०० किलो रड, १५०० बल्क ईटा र ८५ किलो चुडि रड सहयोग गरेका निर्माण समितिका सचिव ज्ञानेन्द्र महतोले बताए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको