
२९ साउन,काठमाडौं ।
अन्तर्राष्ट्रीय युवा दिवस अवरसमा नेपाल चिकिस्तक संघ को ७० बर्ष को गौरबशाली इतिहासमा पहिलो पटक जेडीसी को संयोजकतामा ऐकडेमिक एक्सीलेम्स अवार्ड आयोजना गरिएका छन ।
देशबिदेश बाट अध्यन गरी कलेजमा उत्कृष्ट नतीजा ल्याउने सफल युवा चिकित्सकहरुलाई सम्मानित गरिएका छन ।
कार्यक्रममा बोल्दै कार्यक्रमका संयोजक डा.हुलास अग्रवाले युवाहरु भविष्यका कर्णधार मात्र नभएर आजका शसक्त बर्तमान पनि हुन । उनले भने यस अवार्डले हामी युवा चिकित्सकहरुलाई निराशा निराशा का बीच आशा र हौशला प्रदान गरिएका छन । विश्व भरीमा युवाहरुका जनसँख्या झन्डै १०० करोड़ रहेका छन । जसमध्ये ३० बर्ष मुनिका केवल २.६ प्रतिसत युवा पार्लियामेंटका सदस्यका हैसियतले पोलिसिमेकिंगमा रहेका छन । तसर्थ युवाहरुको सहभागिता नीति निर्माणमा न्यून रहेका देखिन्छ । राज्यले युवाहरुलाई अबको दिनमा हरेक क्षेत्रमा यूवाहरुलाई सहभगीता गराउन राज्यको भूमिका हुनुपर्ने भन्दै डा.अग्रवाल आफनो माग सहीत सरकारलाई अपिल गरका छन ।
यो सुरुवात मात्र हो ,यस्ता कार्यक्रम र बिभिन्न युवा मैत्री कार्यक्रम जेडीसीले अवका दिनमा निरतंर संचालन गर्ने डा. नेहाल अशरफले बताए ।
NAM ( नेपाल चिकित्सक संघ जुनियर डाक्टर कमिटि ) ले लायन्स क्लब संग साझेदारी गरी लायन्स गुडविल फेलो – मेडिकल एम्बेसडर कार्यक्रम समेत संचालन गरेको छ । सो साझेदारीमा लायन्स क्लब आफ काठमांडौ रेडियन्स का संस्थापक अध्यक्ष डा. तेजसु सिंह मल्ल र जेडीसी का तर्फ बाट डा. हुलास अग्रवालले गरेको लायन्स रेडियन्सले जनाएको । उक्त फेलोशिप मापÞर्mत लीडरशिप ट्रेनिंग , कल्चरल एक्सचेंज जस्ता कार्यक्रम अगाडि बढाउने योजना रहेको डा तेजसुलव बताए । सो कार्यक्रम मा पाँच जना चिकित्सक ः डा.निरंजन केसी ,डा. निशा भट्टराई ,डा. सरु कुँवर , डा रेषभ चौरसिया , डा. सुशील रायमाझि लाई लायन्स को फेलोशिप को ट्रेनीको रूप मा पत्र दिइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसँख्या मंत्रालयका सचिव डा.रोशन पोखरेल रहेका थिए ।
ऐकडेमिक एक्सीलेंस अवार्ड का बिजेता हरु
१. डा.दुर्गा पोख्रेल, बीडीएस, युनिर्भसल कलेज अफ मेडिकल साइन्सेस एण्ड युसीएमएस कलेज अफ डेन्टल सर्जरी
२. डा प्रकृति लामिछाने, एमबीबीएस, युनिर्भसल कलेज अफ मेडिकल साइन्सेस
३. डा. परोल खड्का, एमबीबीएस, गण्डकी मेडिकल कलेज
४. डा सुवास कार्की, एमबीबीएस नेपाल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल
५. डा संस्कृति प्रधान, बीडीएस, नेपाल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल
६. डा मरिषा श्रेष्ठ, एमबीबीएस, कलेज अफ मेडिसिन, मनिला सेन्ट्रल युनिभर्सिटी
७. डा शिला अवल, एमबीबीएस, नेप्लिज आर्मी इन्स्टीच्युट अफ हेल्थ साइन्सेस कलेज अफ मेडिसिन
८. डा माधव पौडेल, एमबीबीएस, नोबेल मेडिकल कलेज
९. डा आर्शिवाद आचार्य, एमबीबीएस, किष्ट मेडिकल कलेज
१०. डा नेहा कर्ण, एमबीबीएस, विराट मेडिकल कलेज
११. डा निशा भट्टराई, एमबीबीएस, लुम्बिनी मेडिकल कलेज
१२. डा सुरज अधिकारी, एमबीबीएस, मणिपाल कलेज अफ मेडिकल साइन्सेस
१३. डा दिक्षान्त सिटौला, एमबीबीएस, चितवन मेडिकल कलेज
१४. डा अमन मिश्र, एमबीबीएस, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल
१५. डा सन्तोष रिमाल, बीडीएस, चितवन मेडिकल कलेज
१६. डा व्रिष्टि आचार्य, बीडीस, ढाका डेन्टल कलेज एण्ड हस्पिटल
१७. डा दिपशिखा कुमारी शाह, नर्थ बेंगल मेडिकल कलेज
१८. प्रियंका ढकाल, बीडीएस, कलेज अफ मेडिकल साइन्सेस
१९. डा सुमन न्यौपाने, एमबीबीएस, काठमाडौं युनिभर्सिटी
२०. डा सुशान्त पाण्डे, बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
२१. डा हिमाल दहाल ,बीडीएस ,नोबेल मेडिकल कलेज