
२७ साउन, बर्दिबास । बिश्वब्यापि महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभीड १९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्ने उदेश्यले बर्दिबासमा रोट्रर्याक क्लबले बर्दिबासको बर्दिबास हाट बजारमा आएका मानिहसरुलाई माक्स, वितरण गरेको छ ।
रोट्रयाक क्लवद्वारा बजारमा आएका मानिसहरुलाई भौतिक दूरी कसरी र कतिमा कायम गर्ने, बाध्यता नगई नहूने ठाउमा जादा कसरी जाने, यही कूराहरुलाई ध्यानकर्षण गदै मास्क वितरण कार्यक्रम गरिएको क्लबका अध्यक्ष निरज सूबेदिले बताए ।
आम नागरीकलाई कोरनाको बारेमा अझैं सचेत रहन र सुरक्षीत सँगै सामाजीक दुरी कायम गरी आफ्नो दैनिक जीवनयापन गर्नका लागि जनचेतना जगाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरीएको क्लब टिमले जानकारी दिए ।
बर्दीबास हाट बजारमा रहेका ब्यापारी लगाएत बजारमा आएका मानिसहरुलाई ४००० थान मास्क वितरण गरीएको छ । सामाजिक सेबा गर्ने लक्ष्यका साथ रोट्रयाक क्लब अग्रसर भएको भन्दै खुसिका साथ बजारका मानिसहरुले बताए ।
सामान्य समयमा निकै सक्रिय देखिने क्लव कोरोना भाईरसले निम्त्याएको सङ्कटकको समयमा निष्क्रिय रहँदा चौतर्फि आलोचना भईरहेको समयमा आजको यो माक्स बितरण कार्यक्रम लाई अर्थपुर्ण रुपमा हेरिएको छ ।