सुबिन विश्वकर्मा
२४ साउन, सूनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा अबस्थित वीरमाया स्मृति फाउन्डेशनले सामाजिक कार्यमा निकै सक्रियता देखाउँदै आएको पाइन्छ ।
यसैक्रममा संस्थाले सनिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी सुनसरीसँगको समन्वय तथा अौलिया वावा तथा छिनामस्ता संरक्षण मञ्चको सहआयोजनामा भएको रक्तदानमा २५ पिन्ट रगत संकलन भएको फाउन्डेसनका अध्यक्ष मनोज योन्जन तामाङले जानकारी दिए । उनकाअनुसार रेडक्रसलाई नियमित रगत आपुर्तिमा समस्या भएपछि संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरानमा दैनिक ४०(५० पिन्ट रगत आवश्यक पर्ने भएपनी समयसमयमा रगतको अभाव पर्ने गरेको पाइन्छ । कोभिडको समयमा रगतको अभाव कसैले अकालमा मृत्यु नरोस् भन्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरेका हौं, अध्यक्ष तामाङले भनें ।
रक्तदानमा नेपाल रेडक्रस सोसाइटी सुनसरी साखाका सभापति उमेश थापा, उप सभापति डम्बरप्रसास सिग्देल , वराहक्षेत्र उप( साखा सभापति ओमकुमार शर्मा, वडा नं १ अध्यक्ष सुरेस श्रेष्ठ, वडा सदस्य शुशिला शेर्पा, ममता योन्जन तामाङ्ग, सुरेन्द्र तामाङ्ग, कृष्ण कट्टेल, रमेश कार्की, अनु गुरुङ, ईश्वर थापा, लक्ष्मी मालाकार, सन्त राई, तुलसी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
स्वर्गीय आमा विरमायाको स्मृतिमा छोराहरुले स्थापना गरेको यस् संस्थाले यसअघि कोभिडको महामारीमा न्यून आय भएका, बिपन्न तथा दैनिक ज्यालादारी मजदुरहरुलाई घरघरमा पुगेर खाधान्न तथा स्वास्थ्य सामग्रीहरु वितरण गरिसकेको संस्थाका उपाध्यक्ष सुबास तामाङले जनाए ।
बोलमव धर्मशालमा आज भएको सो कार्यक्रममा फाउन्डेशको तर्फबाट अौलिया वावा तथा छिनामस्ता संरक्षण मञ्चलाई ५ थान कुर्सी एउटा टेवल समेत प्रदान गरिएको थियो ।