भ्वाइस अफ नेपाल’ को फाइनल आज, कोरोना खोप लगाएका दर्शकले मात्रै कार्यक्रममा सहभागी गर्न पाउने


२३ साउन,  काठमाडौं । गायन रियालिटी शो द भ्वाइस अफ नेपाल को ग्राण्ड फिनाले आज हुँदैछ ।

आज हुने फिनालेमा चारजना मध्ये एकजना द भ्वाइस अफ नेपाल(३ु विजेता घोषित हुने छ । फिनालेमा टीम जिपबाट आर्यन तामाङ, टिम प्रमोदबाट किरण गजमेर, टिम राजुबाट तारा श्रीश मगर र टिम तृष्णाबाट ज्वाला राई प्रतिस्पर्धा गर्दै छन् ।

फिनालेको लागि तयारी पुरा भइसकेको द भ्वाइस अफ नेपाल शोका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । कोरोनाका कारण फिनाले सीमित दर्शकहरुलाई राखेर द भ्वाइस अफ नेपालकै सेटमै कार्यक्रम सम्पन्न गरिनेछ ।

कोेरोेना खोप लगाएका दर्शकलाई मात्रै शो मा सहभागी गराइनेछ । माक्स पनि अनिवार्य गरिएको छ । शो का केही भागहरु रेकर्ड भइसकेको र नतिजा भने आज साँझ प्रत्यक्ष प्रसारणमा नै घोषणा गरिने उनले बताए ।

शो को फाइनलमा भिड्ने चार प्रतिस्पर्धीबीच निकै कडा प्रतिस्पर्धा चलिरहेको छ । दर्शकले दिएको भोटको आधारमा प्रतिस्पर्धीमध्ये एक जना विजेता हुनेछ ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको