२२ साउन, काठमाडौं । एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकले पार्टी एकतालाई जोड दिने निष्कर्ष निकालेको छ ।
बिहीबारबाट सुरु भएर आज सकिएको बैठकले पार्टी एकताका लागि थप आधार खोजेर त्यसैमा जोड दिने निष्कर्ष निकालेको नेता रघुजी पन्तले जानकारी दिए । बैठकले पार्टीका अन्य निर्णय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिएको छ ।
नेता पन्तले सरकारमा जाने विषयमा बैठकमा कुनै छलफल नभएको दाबी गरे । आफूहरू प्रतिपक्षमा रहेकाले सरकारमा सहभागी हुने सम्भावना नरहेको उनले दोहोर्याए ।
बैठकले केपी शर्मा ओली पक्षले सदस्यता नवीकरण लगायतका सम्पूर्ण गतिविधि रोकिनुपर्ने पनि माग गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफू एकताको पक्षमा रहेको बताएका थिए । “केपी ओलीले मलाई जति नै गाली गरेपनि म पार्टी एताको पक्षमा छु,” नेता नेपालको भनाइ उद्धृत गर्दै पन्तले भने ।