पुरन रौनियार
२१ साउन,जनकपुर । एतिवेला जनकपुरधाम सहित यस क्षेत्रमा भाइरल ज्वरोको प्रकोप ह्वातै बढेको छ ।
भाइरल ज्वरोको प्रकोप बढेसंगै जनकपुरधामको अस्पताल क्षेत्रमा विरामी र कुरुवाहरुको भिडभाड बढेको छ । चिकित्सकका अनुसार इन्फलुन्जा ए भाइरसको संक्रमण अहिले सम्मकै उच्च समेत रहेको छ ।
एक त कोरोनाको डर भय र त्रास त्यसमा अहिले सम्मकै सर्वाधिक भाइरल ज्वरोको प्रकोपका कारण जनकपुरधाम सहित यस क्षेत्रका स्थानिय तनावमा परेका छन् । धनुषाको ग्रामिन देखि शहरी क्षेत्रमा समेत इन्फलुन्जा ए भाइरसको संक्रमण बढदै जाँदा स्थानियमा कोरोनाको तेस्रो लहर त आएको होइन भन्ने तनाव पनि बढेको छ । एतिवेला जनकपुरधामको अस्पताल क्षेत्र भरिभराउ देखिन्छ ।
भाइरल ज्वरो र कोरोनाको लक्ष्णहरु मिल्दो जुल्दो भएकाले समेत ज्वरो आउने वितिकै डराएर विरामीहरु जनकपुरधाम उपचारका लागि आउने गरेकाले भिडभाड बढेर कोरोना संक्रमणको जोखिम समेत बढेको जनकपुरधामका औषधी व्यवसायीहरु बताउछन् । तर चिकित्सक भने नआतिन आग्रह गर्दछ । मात्र ज्वरो आएको खण्डमा दुई तिन दिन सम्म पारासिटामोल खाँदा पनि भाइरल ज्वरो निको हुने उनीहरुको तर्क छ ।
जनकपुरधामका चर्चित चिकित्सक डा। रमण मिश्रका अनुसार यस वर्ष अहिले सम्मकै सर्वाधिक इन्फलुन्जा ए भाइरसको संक्रमण देखिएकाले सबै ज्वरो कोरोना नै होइनन । उनले जनकपुरधाममा १५ वर्षको अहिले सम्मको अनुभवमा एतिको संख्यामा भाइरल ज्वरोको प्रकोप कहिल्यै नदेखेको बताए । ज्वरो आउने वितिकै एन्टिबायटिकको सेवनले पछि स्वास्थ्यमा अर्को नराम्रो असर पर्ने भएकाले ज्वरो आएपनि स्वाद, सुगन्धहरु नगएको खण्डमा नआतिन उनीहरु आग्रह गर्छन ।
जनकपुरधामको प्रादेशिक अस्पतालमा दैनिक १५ देखि २० जना ज्वरोका नयाँ विरामी आउन थालेका छन । त्यस्ता विरामीहरुको लक्ष्ण अनुसार साधारण र कोभिड वार्डमा राखेर जाँच भइरहेको प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा। प्रमोद यादवले बताए । भाइरल ज्वरोको प्रकोपले स्थानियमा त्रास समेत बढाएको छ । ज्वरो, खोकी, नाकबाट पानी बग्ने, घाँटी खस खस हुने जस्तो समस्या अहिले यस क्षेत्रको घर घरमा रहेको छ । सुरुमा एकजनामा देखिने यो समस्या परिवारको सवै सदस्यमा समेत संक्रमण हुनेगरेको समस्याका कारण अहिले ज्वरोका विरामीको भिड अस्पतालm निजि क्लिनीक देखि औषधी पसलहरुमा बढेको छ ।