पर्यटकीय सम्भावना बोकेको विजयनगरको शंकरपुर ताल


धनी राम कोरी

१९ साउन, कपिलवस्तु । कपिलवस्तुको सुदुरपश्चिम क्षेत्रमा पर्ने विजयनगर गाउँपालिका मा रहेको शंकरपुर ताल पर्यटकीय सम्भावना बोकेको छ ।

जिल्ला भित्र धार्मिक एवम् पर्यटकीय स्थलहररु धेरै रहेको पाइन्छ केही धार्मिक एवम् पर्यटकीय स्थलहरु चर्चामा रहेको छ भने कतिपय पर्यटकीय स्थलहरु प्रचारप्रसार नभएको कारणले गर्दा चर्चामा आउन सकेको छैन ।

विजयनगर गाउपालिका वडा नं(४ शंकरपुर मा स्थित ताल लगभग ४२ हेक्टर मा फैलिएको त्यहा का वडा अध्यक्ष तिलक राम कडेल ले जानकारी दिनु भयो । ताल को विकास र संरक्षण गर्न को लागि आ(आफ्नो ठाउँबाट सबैले पहल गर्दा त्यसको विकास मात्र सम्भव रहेको कडेलको भनाइ छ ।

ताल मा बिशेष गरि गर्मीको मौसममा यहाको अवलोकन गर्न निकै आन्नद हुने र गर्मीको मौसममा चिसो हावा सँगै रमणीय दृश्यहरूको अवलोकन गर्न निकै आन्नदको अनुभुती हुने स्थानीय को भनाइ रहेको छ ।

हाल गाउँपालिकाले प्रतीक्षालय ,पिकनिक स्पोर्ट, शोचालय, धारा को व्यवस्थापन गरे लगतै आजभोलि चहलपहल बढेको पाइएको छ । पर्यटकिय स्थल को रुपमा विकास गर्न ताल को गुरु योजना तयार गरि गद्द्दाघाट बाट शंकरपुर तालमा पानी संचित गर्ने आवस्यक परेको खण्ड सिचाइ गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।

शंकरपुर ताल को अवलोकन गर्न को लागि विजयनगर गाउपालिका , शिवराज नगरपालिका , कृष्णनगर नगरपालिका , महाराजगन्ज नगरपालिका , बुद्धभुमि नगरपालिका लगायत अन्य पालिकाहरु को मान्छेहरुले विस्तारै विस्तारै अवलोकन गर्ने को संख्या बढी रहेको छ ।

शंकरपुर ताल को विकास र संरक्षण भयो भने त्यहा का स्थानीय बासीहरु को आर्थिक अवस्थामा पनि विस्तारै वृद्धि हुदै जाने देखिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको