
१८ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट २३ जनाको ज्यान गएको छ । त्यसैगरी ३ हजार १ सय २५ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६ सय १३ जनामा पीसीआर तथा ३ हजार १ सय ९८ एन्टिजेन गरी १३ हजार ८ सय ११ जनामा परीक्षण गरिएको थियो ।
त्यस्तै आज १ हजार ९ सय २५ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर ३१ हजार ६ सय २९ जना सक्रिय संक्रमित रहेका छन् ।