सम्सी गाउपालिकामा एक किशोरी माथि बालात्कार


१८ साउन, महोत्तरी । महोत्तरीको सम्सी गाउपालिकामा एक किशोरी माथि बालात्कार भएकोछ।

वडा नं. ५ पोखरभिन्डा बस्ने एक १६ वर्षीया किशोरीलाई सम्सी ५ बस्ने ३० वर्षीय लक्ष्मण ठाकुरले बलात्कार गरेको हो। आफन्तको मृत्यु भएको कारण घरमा आफु र १४ वर्षीया बहिनीमात्र भएको र अरु सबै सदस्य क्रिया भोजमा गएको मौका छोपी लक्ष्मण ठाकुरले आफुमाथि बलाकार गरेको पिडितले जानकारी दिईन ।

साउन १४ गते राती ११ बजे अविरल वर्षाको कारण आँगनमा जमेको पानी फाल्न रोडछेउमा बसी पानी फालिरहेको अवस्थामा लक्ष्मण ठाकुरले एक्कासी आफुलाई जबरजस्ती समाति बाटोछेउमै रहेको भुसा राख्ने घरमा लगि बलात्कार गरेको पिडितले बताईन ।

सोहि बेला सानी बहिनीले धेरै बेर भयो किन आएन भनेर हेर्न जाँदा लक्ष्मण ठाकुरले दिदीमाथि भई रहेको घटना हेर्नासाथ हल्ला गरे पछि ठाकुर त्यहाबाट भागेका थिए।

घटना बारे सम्सी ५ पोखरभिन्डा स्थित प्रहरी चौकीमा उजुरी दिए पश्चात साउन १५ गते राती ९ बजे प्रहरीले आरोपी ठाकुरलाई पक्राउ गरे । पक्राउ पछि थप अनुसन्धानको लागि आरोपिलाई जिल्ला प्रहरी कार्यालयमा बुझाएको पोखरभिन्डा चौकीका ईन्चार्ज शम्भु प्रसाद यादवले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय जलेश्वरमा बलात्कारको मुद्दा दर्ता भई अनुसन्धान अघि बढाएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको