इन्दु साह फाउण्डेशनले दन्त शिविरमा एक हजार विरामीको निःशुल्क उपचार सेवा


१६ साउन, धनूषा
महोत्तरीको लोहारपटटी नगरपालिकामा इन्दु साह फाउण्डेशनले आयोजना गरेको नौ दिने दन्त शिविरमा एक हजार विरामीले उपचार सेवा पाएको छ ।

ग्रामिण क्षेत्रका बासिन्दाहरुले दाँतसम्बन्धि विभिन्न रोगले पिडित भएपनि जानकारी अभावमा उपचार नपाए ठुलो समस्या पर्ने गरेकाले फाउण्डेशनले वर्षेनी तीन हजार दन्त पिडित विरामीको उपचार गर्ने लक्ष्य अनुसार नौ दिने शिविरमा एक हजार विरामीको उपचार गरिएको इन्दु साह फाउण्डेशनका अध्यक्ष समेत रहेका डा। विजय कुमार साहले बताए ।

लोहारपटटी नगरपालिका वडा नं। २ मधेपुरामा साउन ५ गतेदेखि फाउण्डेशनले कोरोना भाइरसलाई मध्यनजर गर्दै सुरक्षा मापदण्ड अपनाएर आयोजना गरेको नौ दिने शिविरमा दाँत माझने, दाँत झिक्ने, आरसिटी गर्ने, कम्पोजेटिभ गर्ने, बच्चाहरुको दाँतमा किरा नलागोस उद्धेश्यले फलोराइड, ओरल क्यान्सर स्क्रिनिङ्गलगायत क्लिनिकमा प्रदान गर्ने सेवाहरु शिविरमै उपलब्ध गराइएको फाउण्डेशनका अध्यक्ष डा। साहले बताए ।

शिविरमा फाउण्डेशनका अध्यक्ष समेत रहेका डा। विजय कुमार साहको नेतृत्वमा डा। मिसा महासेठ, डा।सन्तोष मण्डल, डा। सन्तोष रामलगायतको टिमले उपचार सेवा प्रदान गरेका छन् ।
इन्दु साह फाउण्डेशनअन्तर्गत स्माइल प्रोजेक्टअन्तर्गत वर्षेनी तीन हजार व्यक्तिलाई निःशुल्क दाँतसम्बन्धी सेवा दिने लक्ष्य रहेको स्माइल प्रोजेक्टका म्यानेजर राजावावु साहले बताए । नौ दिने शिविरमा एक हजार विरामीको दाँत चेकजाँच गरिनुको साथै औषधी समेत प्रदान गरिएको छ ।

सन् २०१८ सालमा फाउण्डेशनले कोभिड पिडित गरिव, विपन्न समुदायका एक सय १९ जनालाई खाद्यान्न सामाग्री सहयोग गरेको थियो । फाउण्डेशनले गरिव, दलित, मजदुरलगायत समाजका पिछडिएका वर्गहरुको स्वास्थ्य र शिक्षा क्षेत्रमा जीवनस्तर उकास्न स्माइल परियोजना लागु गरेको म्यानेजर राजावावु साहले बताए ।

परियोजनाअन्तर्गत हिमाल, पहाडमा समेत विभिन्न संघसंस्थाहरुको समन्वयमा दन्त शिविरको आयोजना गर्दै आएको छ । स्माइल परियोजना म्यानेजर साहले आगामी तीन महिनामा फेरि निःशुल्क दन्त शिविरको आयोजना गरिने योजना रहेको बताएका छन् । हजारौ रुपमा खर्चिएर पाउने सेवा गाउँमै निःशुल्क शिविरमार्फत पाएपछि स्थानियहरु खुशी भएका छन् । दन्त सेवासम्बन्धि सल्लाह,सुझावदेखि उपचार र औषधी पाएपछि स्थानियहरुले खुशी हुदै आयोजक संस्थालाई धन्यवाद समेत दिएका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको