
१६ साउन,काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।
आज च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बोलाइएको बैठक एजेन्डामा प्रवेश गरेन । केही बेर सामान्य छलफलपछि एकताको पहलका लागि भन्दै भोलि दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित गरिएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालपक्षीय नेताहरुले बहिष्कार गर्दै आएका छन् ।
शनिबारै एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा विघटित कार्यदल सदस्यहरुको बैठक बसेको थियो । त्यहाँ भएको छलफलको बारेमा नेम्वाङले स्थायी कमिटी सदस्यहरुलाई ‘ब्रिफिङ’ गरेका थिए ।
सिंहदरबारको छलफलमा विघटित कार्यदलमा रहेका नेताहरुले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका थिए ।