
महेश यादव
१४ साउन,नवलपरासी ।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ४ लोहरौलिमा विहिवार लागू पदार्थ विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको छ ।
एबिसि नेपाल , स्ट्रोम फाउन्डेसनको आर्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाको सहकार्य तथा संवाद किशोर किशोरी संजाल पाल्हिनन्दन–४ को आयोजनामा लागू पदार्थ विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको हो ।
सञ्जालको कोषाध्यक्ष नितु पटेलको अध्यक्षतामा एवम् पत्रकार रन्जित शर्माको प्रमुख अतिथि,पत्रकार सुरेश यादवको विशिष्ट अतिथतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले लागू पदार्थको सेवनले मानिसको शारीरिक अस्वस्थता बढाउनुका साथै समाजमा अशिक्षा र बालबालिकाको भबिस्य खतरामा परेको हुनाले यसलाई तत्काल समाधान गर्नू पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा एविसि नेपालका सुपरभाइजर विष्णु परियार , भोलेन्टियर मनिता ढकाल ,पत्रकार ज्ञानेश्वर सहानि लगाएत समाजसेवी ,किशोरकिशोरी,अभिभावक र लागू पदार्थ सेवन गर्ने ब्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।