एक ५ वर्षिय अबोध बालकको शव फेला परेपछि बालकको बुवा आमा फरार..


१४ साउन , महोत्तरी ।

बुधवार साँझ देखि हराई रहेको एक ५ वर्षिय अबोध बालकको शव फेला परेको छ । महोत्तरीको रामगोपालपुर नगरपालिका ६ बस्ने चन्द्रकिशोर यादवको ५ वर्षीय छोरा रितेश यादवको शव फेला परेको छ । बालक बुधवार साँझ देखि हराई रहेको थियो ।

बालक हराए पछि चारै तिर खोजतलास गरिएपनि राती सम्म भेटिएको थिएन भने आज विहिवार विहान बालक कै घर भन्दा ५० मिटर पश्चिम हिरा साहको फुलवारीमा रहेको केराको बोट नजिक बालक मृत अवस्थामा कुहिएको परालले छोपेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले खबरपाए लगतै इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी टोली घटना स्थल पुगेर घटना स्थलको प्रकृति मुचुल्का उठाई शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रकाश विष्टले जनाए ।शव प्रकृति हेदा बालकको घाँटी निमोठेर हत्या गरेको जस्तो देखिएपनि पोष्टमार्टमको रिपोर्ट नआएसम्म केहि भन्न नसकिने प्रहरीले जनाएको छ ।

बालकको आफ्नो आमा बालक र बालकको एक तीन वर्षिय भाई दुबैलाई छोडेर माईती मै बस्दै आएको र बालकको बुवाले अर्को विहे गरेको कान्छी आमा संगै उनिहरु बस्दै आएको थियो ।

अहिले घटना पश्चात बालकको बुवा चन्द्रकिशोर यादव र कान्छी आमा दुबै फरार रहेको छ ।

घटना शंकास्पद देखिएकोले थप अनुसन्धान जारी रहेको र बालकको बुवा र कान्छी आमा फरार रहेकोले उनिहरुको खोजतलास भईरहेको डीएसपी विष्टले जनाए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको