राहत चामल गोदामै सडायपछि नगरप्रमुखलाई कार्यालय भित्रै थुनेर ढुङ्गामुढा तोडफोड


१४ साउन, रौटाहट । महामारीको समयमा विपन्नलाई वितरण गर्न खरिद गरेको चामल गोदाममै कुहिएपछि स्थानीय वासिन्दाले रौतहटको देवाही गोनाही नगरपालिका कार्यालय तोडफोड गरेका छन् ।

नगरपालिकाले गरिव, असहाय, दलित समुदायलाई राहत वितरण गर्न खरिद गरेको चामल गोदाममै कुहिएपछि सोमबार राति खाल्डो खनेर पुरेको थियो । महामारीका बेला जनता भोकभोकै परेको तर नगरपालिकाले चामल कुहाएर फालेको भन्दै स्थानीयले मंगलबार दिउँसो नगरप्रमुखलाई कार्यालय भित्रै थुनेर ढुङ्गामुढा र तोडफोड गरेका हुन् ।

स्थानीय वासिन्दाको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । नगरपालिकाले खरिद गरेको चामल कुहिएपछि अरुले चाल नपाओस् भनेर मेयर धर्मेन्द्र पटेलले रातिको समयमा पुरेको वडा नम्बर ४ का वडाध्यक्ष रामप्रवेश पटेलले आरोप लगाए । मेयर पटेलले भने गोदाममा राखेको चार सय बोरा चामलमध्ये २० बोरा चामल पानीले भिजेर कुहिएको बताए ।

भण्डारण गरिएको संग्रहालयको झ्याल खुलेका कारण पानीले भिजेर चामल कुहिएको र त्यसलाई नष्ट गरेको उनको भनाइ छ ।उनले कोरोना महामारीको समयमा दुई हजार परिवारलाई राहत दिएको र बाँकी रहेको चामल भण्डारण गरेर राखेको बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको