एकता बाल क्लब नक्टाझिजको अध्यक्षमा महतो चयन


ढल्केबर धनुषा
एकता बाल क्लब मिथिला नगरपालिका नक्टाझिजको अध्यक्षमा दिवेश कुमार महतो निर्विरोध चयन भएका छन् ।
यसअघि सोही बाल क्लबको साधारण सदस्य रहेका दिवेशलाई पुर्नगठनन गर्न बनेको समितिले निर्विरोध चयन गरेका हुन् ।

प्रमुख अतिथि मिथिला नगरपालिका–२ का वडा अध्यक्ष बिहारी महतो, हिमालय युवा क्लबका अध्यक्ष अरुण कुमार महतो, नेपाल रेडक्रस सोसाइटी धनुषाका प्रतिनिधि रामनाथ महतोको उपस्थितिमा हिमालय युवा क्लब नक्टाझिजको सभाहलमा बुधबार बाल क्लबको समिति पुनर्गठन गरिएको छ ।

त्यस्तै उपाध्यक्ष मा अन्जली कुमारी साह, सचिव मा कृष्ण कुमार महतो, सह–सचिव मा विनिता कुमारी महतो, कोषाध्यक्ष मा निरा कुमारी महतो र सदस्यहरुमा दिपक कुमार महतो, राहुल कुमार साह,विवेक कुमार महतो, सोना कुमारी राय, संतोष कुमार महतो, सोनु कुमार राय, अन्जली कुमारी महतो, सुमिता कुमारी महतो, तुलसी कुमारी महतो,संतोष कुमार सिंह गरि जम्मा १५ जनाको समुहमा नयाँ कार्यसमिति गठन गरिएको कुरा बाल क्लबका पुर्वअध्यक्ष मन्जित कुमार महतोले बताए ।

मन्तव्य को क्रममा हिमालय युवा क्लब का अध्यक्ष अरुण कुमार महतोले भने ः– भोलि को कर्णधार आजको बालबालिका र युवाहरु नै रहेको भन्दै देशलाई सक्षम र योग्य बनाउन अग्रपंक्तिमा रहेका बालबालिकालाई नेतृत्व गर्नुपर्ने जरुरी देखिन्छ।

कार्यक्रममा मिथिला–२ का वाडा अध्यक्ष बिहारी महतो, रेडक्रस सोसाइटी धनुषाका प्रतिनिधि रामनाथ महतो, हिमालय युवा क्लब का अध्यक्ष अरुण कुमार महतो, बाल कलबका पुर्व अध्यक्ष मन्जित कुमार महतो लगायत बाल क्लब को पुर्व समिति हरु को उपस्थितिमा नयाँ कार्यसमिति चयन गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको