तामाकोसी पाँचौँ बनाउन त्रिपक्षीय समझदारी


१२ साउन । दोलखामा निर्माण हुने ९९ दशमलव ८ मेगावाटको तामाकोसी पाँचौँ जलविद्युत् आयोजनामा ऋण लगानी गर्न त्रिपक्षीय समझदारीपत्र एमओयूमा हस्ताक्षर भएको छ । नेपाल विद्युत् प्राधिकरण, आयोजनाको प्रवद्र्धक तामाकोसी जलविद्युत् कम्पनी र कर्मचारी सञ्चय कोषबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिवमान प्रधान र कोषका प्रशासक तुलसीप्रसाद गौतमले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

१६ अर्ब १९ करोड रुपैयाँ ९१३ करोड ७२ लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले ७ प्रतिशत करिब ११ अर्ब ३३ करोड ऋण लगानी गर्ने भएको छ ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको आयोजनाको बाँकी रकम अन्य दुई संस्था र सर्वसाधारणलाई समेत सेयर निष्कासन गरी स्वपुँजी इक्विटी बाट जुटाइने योजना छ ।

तामाकोसी पाँचौँ ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीको क्यास्केड आयोजना हो । त्यसैले यस आयोजनाले बाँध, बालुवा थिग्र्याउने पोखरी ९डिसेन्डर० लगायतका संरचना बनाउनुनपर्ने भएकाले आयोजनालाई आकर्षक मानिएको छ ।

माथिल्लो तामाकोसीको विद्युत्गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान भइसकेको छ । आयोजनाले ८ किलोमिटर सुरुङ, विद्युत्गृह, करिब २ किलोमिटर २ सय २० केभी प्रसारण लाइनलगायतका मुख्य संरचना निर्माण गर्नुपर्नेछ ।

विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन ९इआइए स्वीकृत भइसकेको आयोजनाले विद्युत् उत्पादनको अनुमति ०७४ जेठमै पाइसकेको छ । चीनको अगुवाइमा स्थापना भएको एसियन इन्फ्रास्ट्रक्चर लगानी बैंक एआइआइबी०को अनुदानमा आयोजनाको थप वातावरणीय अध्ययन गरिएको छ । आयोजनाको अहिले निर्माणपूर्वका कामहरू भइरहेका छन् । आयोजनाको निर्माण २०८४ भित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ ।

माथिल्लो तामाकोसीको २२८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा

स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको दोलखाको लामाबगरस्थित बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको २ सय २८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाको तेस्रो युनिटबाट उत्पादित ७६ मेगावाट विद्युत्समेत गरी राष्ट्रिय प्रसारण लाइनमा माथिल्लो तामाकोसीको २ सय २८ मेगावाट विद्युत् जोडिएको हो ।

आयोजनाको तेस्रो युनिटको ७६ मेगावाट विद्युत् ३ दिनअघिबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको माथिल्लो तामाकोसीले जनाएको छ । तेस्रो युनिटको विद्युत् प्रसारण लाइनमा जोडिएपछि आयोजनाबाट २ सय २८ मेगावाट विद्युत् उत्पादन भइरहेको आयोजनाका प्रवक्ता डा। गणेश न्यौपानेले जानकारी दिए । उनका अनुसार अब बाँकी ३ वटा युनिटबाट क्रमशः उत्पादन गर्ने तयारी रहेको छ ।

न्यौपानेले आगामी भदौ मसान्तभित्र आयोजनाका सबै युनिटबाट ४ सय ५६ मेगावाट नै विद्युत् उत्पादन गरी प्रसारण लाइनमा जोडिने बताएका छन् । आयोजनाले उत्पादन गरेको विद्युत् गोंगरस्थित विद्युत्गृहबाट २ सय २० केभी डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेसन पु¥याइएको छ । त्यहाँबाट खिम्ती–ढल्केबर प्रसारण लाइनबाट ढल्केबरको सबस्टेसनमा जोडिएको छ । ०६७ भदौ १७ गतेबाट मुख्य सिभिल संरचनाको निर्माण सुरु गरिएको आयोजनामा ११ वर्षपछि विद्युत् उत्पादन भएको हो ।

स्वदेशी लगानीमा निर्माण सुरु भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुवाती लागत ३५ अर्ब २९ करोड प्रक्षेपण गर्दै निर्माण सुरु भएको थियो । ०६७ मा ३५ अर्ब २९ करोडको आयोजना ०७५ मा पुग्दा ब्याजसहित ४९ अर्ब २९ करोड पुगेको प्रवक्ता न्यौपानेले बताए । त्यसपछि ५२ अर्ब प्रक्षेपण गरिएको आयोजनामा ३२ अर्ब ब्याज जोडिँदा अहिले माथिल्लो तामाकोसीको कुल लागत ८४ अर्ब पुगेको जनाइएको छ । प्रवक्ता न्यौपानेले ठेकेदार कम्पनीले समयमा काम नगर्नु, भूकम्प नाकाबन्दी र अघिल्लो वर्षदेखि सुरु भएको कोभिड महामारीका कारण पनि केही लागत वृद्धि भएको बताएका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको