
११ साउन ,काठमाण्डौ । विदेश जाने श्रमिक वा विद्यार्थीहरुको लागि कोरोना विरुद्धको खोप लगाउन दुई वटा अस्पताल तोकिएका छन् ।
अब विदेश जानेहरुले काठमाण्डौमा रहेको नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउन जाँदा पासपोर्ट र भिसा अनिवार्य साथमा लिएर जानुपर्नेछ ।
पछिल्लो समय देशव्यापी खोप अभियान रोकिएकाले विदेश जानेहरुकै लागि भनेर मन्त्रालयले यी दुई अस्पताल तोकेको हो । खोप अभियान चलेको बेला आफू नजिक रहेका खोप केन्द्रमा गएर खोप लगाउन सकिन्थ्यो ।