महोत्तरीको वर्दिवासमा आज एक बृद्धाको शव फेला


९ साउन, महोत्तरी । महोत्तरीको वर्दिवासमा आज एक बृद्धाको शव फेला परेको छ । आज दिउँसो अन्दाजी ६५,७० बर्ष उमेर भएकी मंगोलियन मूलको अनुहारजस्तो महिलाको शव वेवारिसे अवस्थामा फेला परेको हो ।

वर्दिवास नगरपालिका १ स्थित भव्सी पुलमुनि वेवारिसे अवस्थामा भेटिएकी सो महिलाको शवको पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय वर्दिवासले जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको