
साउन ७ गते
स–साना बालिकाहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा धनुषाको मिथिला नगरपालिका १० माझी टोलका ७७ बर्षीय थानाप्रसाद भट्टराई पक्राउ परेका छन् । बिहिबार पक्राउ परेका आरोपित भट्टराइलाई इलाका प्रहरी कार्यालय ढल्केवरमा राखिएको छ ।
आरोपित भट्टराइले माझीटोलका ३ जना बालिकालाई यौन दुव्र्यवहार गरेको स्थानीयले बताएका छन् । यौन दुव्र्यवहारमा परेकी बालिकाहरुको उमेर ७ देखि १० बर्ष रहेको छ ।
आरोपितमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको इप्रका ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले बताए । यसअघि पनि बाल यौन दुव्र्यवहारको घटनामा आरोपित संलग्न रहेको गाउँलेहरूले जनाए ।
स्थानीयका अनुसार बालिकाहरुलाई गोठमा लगेर आरोपित भट्टराइले संवेदनशील अङ्गहरु चलाएर यौन दुव्र्यवहार गरेको बताए । यौन दुव्र्यवहार गरेपछि बालिकाहरु रुँदै घर गएर घरका अभिभावकलाई बताएपछि घटना सार्वजनिक भएको हो ।
यौन दुव्र्यवहारमा परेकी बालिकाहरुले आरोपितको आँगनमा रहेको अम्बाको रुखबाट अम्बा टिप्न गएका बेला ‘मैले भनेको मान्छौं भने तिमीहरुलाई धेरै अम्बा दिन्छु’ भनेर नजिकै रहेको गोठमा लगेर तीनै जनाको संवेदनशील अङ्गमा छोएको, सुताएर जीउमा चढेको र आफ्नो संवेदनशील अङ्ग शरीरमा रगडको अभिभावकलाई जानकारी गराएका छन् ।