६साउन । पछिल्लो २४ घन्टामा २ हजार ८३८ जनामा कोरोना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौं उपत्यकाका ६९७ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १२ हजार ६१६ नुमना परीक्षण गरिएको मध्ये २ हजार ८३८ संक्रमण पुष्टि भएको हो। जुन परीक्षण गरिएको मध्ये संक्रमण पुष्टि दर २२ प्रतिशत छ। मन्त्रालयले तथ्यांक अनुसार ३७ लाख ६९हजार ९३१ गरिएको नमुना परीक्षणमा ७ लाख २४ हजार ४५५ संक्रमण पुष्टि भइसकेको छ।
बुधबार १ हजार ४७५ संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा संक्रमणमुक्त हुने कुल संख्या ६ लाख ३६ हजार ४०२ मुक्त भएका छन्। आज ३० जनाको कोरोना संक्रमणबाट निधन भएको छ। यो सँगैं नेपालमा ९ हजार ६३७ कोरोनाबाट निधन भइसकेको छ।
मन्त्रालयको तथ्यांक अनुसार देशभर आज २६ हजार ८ सय ३२ सक्रिय संक्रमित छन्। जसमध्ये २४ हजार ३४० होम आइसोलेन र २ हजार ४९२ संस्थागत आइसोलेसनमा छन्। आज ६२७ जनाको आइसियू र १७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। मन्त्रालयको अनुसार पछिल्ला केही दिनयता संक्रमण फैलिदै गएको छ।
एक हप्ता अगाडी ९ वटा जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित थिए। तर, यो हप्ता सो संख्या बढेर १२ जिल्ला पुगेको छ।