साउन ६ गते सार्वजनिक विदा


साउन,काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख विशेषज्ञ डा। पोखरेललाई बढुवा गरेर सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सचिवमा स्वास्थ्य मन्त्रालयका १२औँ तहका प्रमुख विशेषज्ञहरु डा। रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठ दाबेदारी रहेका थिए । उनीहरुलाई पछि पार्दै पोखरेल सचिवमा नियुक्त भएका छन्।

स्वास्थ्य सचिवमा नियुक्त डा. पोखरेल
मन्त्रालयमा २०७६ पुस २१ गतेदेखि स्वास्थ्य सेवा तर्फको सचिव पद रिक्त रहेको थियो । झण्डै चार वर्षपछि स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवा तर्फका सचिव नियुक्त भएका छन्।

स्वास्थ्यमा प्रशासन तर्फ भने सात जना सचिव भइसकेका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन ६ गते इद पर्वका अवसरमा सार्वजनिक विदा दिने घोषणा पनि गरेको छ ।

यसैगरी नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने देशलाई धन्यवाद दिँदै सरकारले अनुदान तथा खरिद प्रक्रियाबाट थप खोप सहायता उपलब्ध गराउन खोप उत्पादक मुलुकहरुलाई आग्रह समेत गरेको छ । हाल देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बालकृष्ण खाँड ,अर्थमन्त्री जनार्दन शर्मा ,उर्जामन्त्री पम्फा भुसाल ,कानुन तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्की रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको