हरियो मकैका  फाइदा मुटुदेखि मानसिक स्वास्थका लागि अत्याधिक लाभदायक


४ साउन , काठमाडौं ।अहिले हामी मध्य वर्षाको समयमा छौं ।विगतका वर्खातको तुलनामा यो वर्ष बढी नै वर्षा भैरहेको मौसम विभागले जनाइसकेको छ ।

पानी परेको समयमा पोलेको मकै खानुको आनन्द नै छुट्टै हुन्छ अहिले मकैको सीजन, हाम्रो वरपर हरियो मकै सजिलै उपलब्ध हुन्छ मकैलाई पोलेर, तारेर, उसिनेर अथवा साँधेर पनि खान सकिन्छ ।अहिले बारीहरुमा मकै खानका लागि तयार भइसकेका छन् ।

हुन त अहिले मकै बाह्रै महिना पाइन्छ, तर मकैको वास्तविक सीजन भनेको बर्षायाम नै हो । मकै खान जति स्वादिलो हुन्छ, यसले हाम्रो शरीरमा त्यति नै धेरै फाइदा पनि प्रदान गर्छ । त्यसैले यो मौसममा मकै खाने सल्लाह दिइन्छ ।

वास्तवमा मकैमा विभिन्न महत्वपूर्ण पोषक तत्व र फ्याटि एसिड पाइन्छ, जसले हामीलाई वर्षभरी नै स्वस्थ्य राख्न सहयोग गर्छ ।मुटुदेखि मानसिक स्वास्थका लागि अत्याधिक लाभदायक हुन्छ मकै मकैको रोटीदेखि कन्टिनेन्टल सलादसम्म मकैलाई विभिन्न तरिकाले हामी आफ्नो भोजनमा समावेश गर्न सक्छौं । फाइबरले भरिपूर्ण मकै मुटुदेखि हाम्रो मानसिक स्वास्थ्यका लागि पनि अत्यधिक लाभदायक हुन्छ ।

मकै खाँदा हाम्रो शरीरमा के कस्ता फाइदा पुग्छ भन्ने बारेमा केही जानकारी

मकै फाइबरले भरिपूर्ण हुन्छ, जसले आन्द्रालाई स्वस्थ्य राख्छ ।

मकैको सेवनले कब्जियत हुँदैन र हाम्रो पेट लामो समयसम्म भरिएको महसुस हुन्छ ।

यसमा समावेश घुलनशील फाइबरले ब्लड शुगरको स्तरलाई पनि नियन्त्रित राख्न सहयोग पुऱ्याउँछ ।

भिटामिन

मकै भिटामिन बीले भरिपूर्ण हुन्छ, जुन कपाल र हड्डिका लागिका लागि धेरै फाइदाजनक हुन्छ ।

यसले शरीरको उर्जालाई यथावत राख्न पनि सहयोग गर्छ ।

यसबाहेक मकै भिटामिन ‘ए’ ले पनि भरिपूर्ण हुन्छ, जसले रोग प्रतिरोधक क्षमतालाई बलियो बनाउँछ ।

एन्टिअक्सिडेन्ट

मकैमा पूर्ण मात्रामा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जसले कुनै पनि किसिमको इनफ्लामेनिलाई कम गर्छ र तनावबाट बचाउँछ ।

त्यसबाहेक यसमा केरोटेनयड्स, ल्यूटिन र जेक्सेन्थिन जस्ता एन्टिअक्सिडेन्टले आँखालाई स्वस्थ्य बनाउँछ ।

मोटोपनबाट बचाउँछ

मकै हाई फाईबरयुक्त अन्न हो ।

यसको सेवन गर्नाले लामो समयसम्म पेट भरिएको महसुस हुन्छ, जसका कारण अतिरिक्त क्यालोरी लिनु आवश्यक पर्दैन, जसले वजन कम गर्न सहयोग प्राप्त हुन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको